काँक्रोका आश्चर्यजनक ११ फाइदाहरु ।!!!!!

कांक्रो स्वादिलो तथा रिफ्रेशिङ तरकारी हो । यसको प्रयोग सलादमा धेरैनै गरिन्छ । र धेरै मानिसहरुलाई कांक्रो खान मन पर्छ किनकि यसले रिफ्रेशिङ प्रदान गर्नुका साथै यसम अत्यधिक मात्रामा पोषण तत्व लुकेको हुन्छ ।

यसको खेतीगर्न पनि अति सजिलो छ । तर धेरै मानिसहरुलाई के थाहा छैन भने कांक्रोको प्रयोग धेरै तरिकाले गर्न सकिन्छ । आज डिसीनेपाल तपाईहरुलाई कांक्रोको अनेक प्रयोगका बरामा जानकारी गराउँदै छ ।

१. ताजा नताछेको कांक्रोमा पोटासियम, भिटामिन के र सी प्रसस्त मात्रामा पाइन्छ र यो फासफोरश, मानगानिज, म्यग्नेसियम, र भिटामिन ए ले भरपुर हुन्छ । कांक्रोमा सोडियम, कोलोस्ट्रोल र चिल्लोको मात्रा थोरै मात्र हुन्छ ।
२. थाकेको बेलामा कांक्रो खाँदा यसले थकान तुरुन्त मेटाएर जान्छ किनकि यसलाई भिटामिन बि को श्रोत मानिन्छ ।

३. बारीमा मुसा, साङ्लो जस्ता सानासाना जिवहरुले दुख दिने गरेको छ भने कांक्रोको प्रयोग गर्नुहोस् । कांक्रोको चिरालाई बारीमा राखेको खण्डमा यस्ता सानासाना किराहरु आपसेआप हराएर जान्छ ।

४. छाला चाउरी तथा खुम्चिएको अर्थात ट्रेश परेको ठाउँमा कांक्रोको चिरा दलेर मालिस गरेको खण्डमा यस्ता चाउरीपना हराएर जान्छ । कांक्रोमा भएको कोलाजेन र एक प्रकारको केमिकल बिच रियाकशन हुन्छ जसले छालालाई कसिलो बनाउन मद्धत पुर्याउँछ ।

५. यसको प्रयोग टाउको दुखेको बेला र ह्याङओभर भएको बखत पनि गर्न सकिन्छ । राती सुत्नु भन्दा अगाडी कांक्रो खाएर सुत्नुहोस् । यसले तपाईलाई बिहान एक प्रकारको ताजगी प्रदान गर्नेछ । कांक्रोमा इलेक्ट्रोलाइट, भिटामिन बी जस्ता पोषण हुन्छ जसले मानव शरीरलाई व्यालेन्समा राख्न मद्धत पुर्याउँछ ।

६. कांक्रो खानाले भोक पनि मेटाएर जान्छ । यसमा क्यालोरिको मात्रा शुन्य प्रतिशत हुन्छ र यसले तपाईलाई लामो समय सम्म ढुक्क बनाइ राख्छ ।

७. तपाई कांक्रोको प्रयोग आफ्नो जुत्ता पालिस गर्न पनि गर्न सक्नुहुन्छ । एक टुक्रा कांक्रो लिनुस र यसलाई जुत्तामा दल्नुस् । कांक्रोमा भएको केमिकलले तपाईको जुत्तालाई टल्काइ दिन्छ ।

८. तनाव बाट छुटकारा पाउन पनि यसको प्रयोग गर्न सकिन्छ । एउटा कांक्रोलाई काट्नुहोस् र यसलाई उम्लिएको पानीमा खन्याउनुहोस् । यसमा भएको न्यूट्रियन्टस र केमिकलले काम गर्न थाल्छ र यसबाट एक प्रकारको मीठो बास्ना आउन थाल्छ ।

९. स्वास गन्हाउने समस्या छ भने एक टुक्रा कांक्रोलाई जिब्रोको सहायताले आफ्नो तालुमा टास्नुस् । कांक्रोमा भएको फोटोकेमिकलले स्वास गन्हाउने समस्या आपसेआप हराएर जान्छ ।

१०. स्टिलका भाँडाकुडा, सिंक, फ्लोरलाई चम्किलो पार्न कांक्रोको प्रयोग गर्न सकिन्छ । यसले भाँडाकुडामा भएको चम्किलो पनालाई समेत जोगाइ राख्छ ।

११. पेनले लेखेको, क्रेयोन र ड्रयिङ लगायतको अक्षरलाई मेट्नु छ भने कांक्रोको बाहीरी भागले बिस्तारै दल्नुस् । यसले लेखेको मेटी दिन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.