पाँच दिनमै मोटोपन हटाउन र किड्नीको सफाई गर्न प्राकृतिक तरिका अपनाउनुहोस् (सामग्री र बिधी सहित् )

हामीमध्ये कसैलाई पनि अनावश्यकरुपमा मोटाउनु राम्रो लाग्देन । त्यसो त, मोटोपन रोग लुकाउने पर्दा समेत हो । हामी मोटोपनबाट मुक्त हुन विभिन्न अभ्यास गर्दछौं । तर यो कहाँ सजिलो छ र ?
तर यहाँ तपाईको लागि एउटा यस्तो चामत्कारिक विधि छ, जुन घरमै उपलब्ध हुने सामग्रीबाट तयार बनाउन सकिन्छ । यस्तो घरेलु उपचार पद्धतिले शरीरमा जम्मा भएको अनावश्यक बोसो तथा जलनलाई घटाउन काम गर्दछ ।
अझ खुसीको कुरा त यसले किड्नीको सफाई समेत गर्दछ । यसलाई तयार बनाउन तीन मिनेटभन्दा कम समय मात्र लाग्दछ । तसर्थ, अब भारीभरकम व्यायाम र मोटोपन दुवैबाट एकसाथ मुक्ति पाउन यो प्राकृतिक तरिका अपनाउनुहोस् ।
सामग्रीः
केही ताजा धनियाँ, एक दाना कागती र आधा कप पानी

तयार गर्ने विधिः
एउटा भाँडामा कागतीको रस निकाल्नुहोस् र त्यसमा काटेर टुक्रा बनाइएको हरियो धनियाँ र आधा कप पानी राख्नुहोस् । त्यसलाई मिक्सरमा राम्रोसँग मिक्स गर्नुहोस्, अब तपाईको चामत्कारिक जुस तयार भयो ।
यसले कसरी काम गर्छ ?
धनियाँ–
धनियाँमा शक्तिशाली एन्टी अक्सिड्यान्ट पाइन्छ जसले शरीरका कोशिकाहरुलाई पुनजिर्वित गर्न सहयोगी सिद्ध हुन्छन् । त्यस्तै मृगौलाको कामलाई प्रभावशाली बनाउन पनि यसले सघाउँछ ।
धनियाँमा अत्यधिक खनिज पदार्थ हुन्छ जसले मृगौलालाई मजबुत बनाउँछ । मृगौलाबाट विषाक्त पदार्थ निकाल्न र त्यहाँबाट बोसो हटाउन पनि धनियाँको रस सहयोगी हुन्छ ।
धनियाँमा बेटा क्यारोटिन, क्लोरोफिल र भिटामिन सि पाइन्छ, जसले रोगबाट हुने संक्रमण र क्यान्सरजस्तो खतरनाक रोगसँग लड्न सहयोग गर्दछन् ।
धनियाँ धेरै राम्रो मुत्रवद्र्धक हो, यसले शरीरको विषाक्त पदार्थहरुलाई पिसाबमार्फत निकाल्न सहयोग गर्दछ । यस्तै यसले उच्च रक्तचापलाई न्यूनीकरण गर्दै मृगौलालाई सुरक्षित राख्न मद्दत गर्दछ ।

कागती
कागतीमा अत्यधिक मात्रामा भिटामिन सी तथा बी पाइन्छ, जसले मृगौला र शरीरलाई सफा र तन्दुरुस्त राख्न मद्दत गर्दछ । कागतीमा सोडियमको मात्रा कम हुन्छ भने पोटासियमको मात्रा बढी हुन्छ जुन मृगौलाको लागि धेरै राम्रो हो ।
यी दुवैको समिश्रणबाट नयाँ शक्तिशाली पेयपदार्थ बन्दछ, जसले शरीरको विषाक्त पदार्थहरु निकालेर पाचन शक्तिलाई बढाउँछ भने मोटापन घटाउन पनि सहयोग गर्दछ ।
प्रयोग गर्ने तरिका :
यो मिश्रणलाई पाँच दिनसम्म बिहान खाली पेटमा पिउनुहोस् र फेरि १० दिनको अन्तरालमा फेरि पाँच दिन प्रयोग गर्नसक्नुहुनछ जसले तपाईले चाहनुभएको नतिजा निकाल्दछ ।
स्रोत : वन्लीआयूर्वेद डटकम

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.