काठमाडौँ । “उ जितेर गई या हारेर गई” जस्तो लोकप्रिय गीतका गायक राज सिग्देल श्रीमतीको प्रहार बाट गम्भिर घाईते भई मानसिक अस्पताल पाटनमा उपचाररत अवस्था बाट पनि फरार भएका छन। यो कुनै साँचो घटना नभएर उनको पछिल्लो समय रिलिज भएको नयाँ गीतको म्युजिक भिडियो भित्र रहेको कथा घटना हो।
गायक स्वयंले नै अभिनय गरेको उक्त भिडियोमा उनी एउटा कुशल नायकको रुपमा पनि देखिएका छन। गायक राज सिग्देलको भाईब्स कृयसन मार्फत बजारमा आएको नयाँ एल्बम “तस्बीर” मा समावेस गीत “आँखामा कुनै सपना छैन” रिलिज भएको छ। हरी बस्ताकोटीको शब्द रचना रहेको गीतको सङ्गीतकार भने हरी लम्साल हुन।
म्युजिक भिडियोमा आफ्नी श्रीमतीलाई सबै थोक देख्ने तर श्रीमती को चाल चलन भने अस्वभाविक रहँदा श्रीमानको अवस्था कस्तो रहन्छ भन्ने कुरालाई मार्मिक ढंग बाट देखाईएको छ। युवराज वाईवाको निर्देशन रहेको म्युजिक भिडियोलाई उत्सव दाहालले छाँयाकन गरेका हुन।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.