छोरीको बिहेबारे विवाद हुँदा एकै परिवारका चार जनाले गरे आत्महत्या ..

बनेपा: काभ्रेपलाञ्चोकको बनेपामा शुक्रबार एकै परिवारका चार जनाले आत्महत्या गरेका छन् ।

बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

आत्महत्या गरेका बुबा, आमा, छोरा र छोरी हुन् । आफन्तका अनुसार छोरीको बिहेका विषयमा विवाद हुँदा सो घटना भएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । भित्रबाट ताल्चा लगाएर उनीहरुले विष सेवन गरी आत्महत्या गरेको बताइएको छ । रासस

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.