बालुवाटार सर्ने दिन नै देउवाको मुद्दाको अन्तिम फैसला, दोषी ठहरिए जेल र जरिवाना

काठमाडौँ, ४ असार । गत साता प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्दैछन् । तर, कस्तो संयोग उनले सर्वोच्च अदालतको अवहेलना गरेको भनी परेको मुद्दाको फैसला पनि सोमबार नै हुँदैछ ।

नेपाली काँग्रेस र काँग्रेसका सभापति शेरबहादुर देउवा समेतलाई विपक्षी वनाई दायर अदालतको अवहेलना मुद्दाको अन्तिम फैसलाको लागि सोमबार पेशी तोकिएको हो । यसअघि यो मुद्दामा सर्बोच्च अदालतले चैत्र २४ गते विपक्षीको नाममा कारण देखाउ आदेश दिएको थियो ।

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यताविपरित भएको भन्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेको थियो । त्यसैगरी, काँग्रेस सभापति देउवाले १८ चैतमा विराटनगरमा ‘आइजिपी नियुक्त गर्ने काम सरकारको हो, हेर्दैै जाउँ के हुन्छ’ भनी अदालतले गरेको निर्णयउपर चुनौती दिएर बोलेको विषयलाई अवहेलनाको विषय बनाइएको छ । सरकारमै रहेको देउवाको निर्णय र अभिव्यक्तिले अदालतको फैसला कार्यन्वयनमा शंका उत्पन्न भएको साथै आदालतको औपचारिक र अनौपचारिक टिप्पणीले अदालतको सामाजिक प्रतिष्ठामा आँच आएको र जनमानसमा अदातलको कार्य र अदालतप्रतिको विश्वसनियता कमजोर बनाएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले चैत २० गते उक्त निवेदन दर्ता गरेका थिए ।

चैत २४ गते कारण देखाउ आदेश जारी गर्दै अदालतले ‘विपक्षीलाई १० दिन भित्रमा किन के कारण उक्त प्रकारका अभिब्यक्ति दिएको हो र निर्णय गरेको हो सो खुलाई लिखित जवाफ पेश गर्न’ भनेको थियो ।

प्रतिउत्तर पेस भएपश्चात अब अन्तिम फैसलाको लागि सर्बोच्च अदालतले पेशी तोकेको हो । अदालतको अवहेलना मुद्दा दायर भएपश्चात एकल इजलासमा सुनुवाई गरी अवहेलना मुद्दा अपराध र देवानी दुबै प्रकृतिको हुन सक्ने हुँदा पहिलो पेसीबाट अदालतले मुद्दाको अवस्था निर्धारण गर्ने र प्रकृया अघि बढाउने हुन्छ । अवहेलना मुद्दामा विपक्षी अभियुक्तलाई नियन्त्रणमा लिई थुनामा राखी बयान प्रकृया वा लगायतको कार्यविधि अदालतले अघि वढाउन सक्दछ । अवहेलना ठहरेमा देउवालाई १ वर्षसम्म कैद, एक लाख रुपयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ । source:dainiknepal.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.