हाम्रै नेपालमा : गोप्य अंगमा यि किशोरीले २ करोड ५० लाख पर्ने लागू औषध लुकाएपछि

बुटवल, २५ जेठ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ ।

नेपालबाट भारतीय बजारमा पु¥याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो ।

सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा संवेदनशील अङ्गमा लुकाएको अफिम फेला पारेको हो । पक्राउ पर्नेमा दाङ घोराहीकी २७ वर्षीया विषमाया बुढामगर, दाङ लालमटियाकी २१ वर्षीया सकुन्तला बुढामगर र सोही ठाउँकै १९ वर्षीया कामना पुनमगर रहेका छन् ।

दाङमा स्नातक तहमा अध्ययन गर्दै गरेका युवतीले अपरिचित व्यक्तिको फोनको इसारामा रु १५ हजार दिने सर्तमा बुटवलबाट सुनौलीसम्म अफिम पु¥याउने जिम्मा लिएको उनीहरुले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

बरामद गरेको अफिमको अन्तर्राष्ट्रिय मूल्य करिब रु दुई करोड ५० लाख पर्ने इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.