यी ८ रोग लागे सरकारले सित्तैमा उपचार गरिदिन्छ, हेर्नुस कुन कुन रोग

– एस.के बैश्य

सरकारले विपन्न नागरिक औषधि उपचार कोष मार्फत केही कडा रोेगको उपचारको लागि उपचार खर्च बापत बढिमा ५लाख रुपैयासम्म सहयोग गर्दै आएको छ । सरकारले यो कोषको लागि प्रत्येक बर्ष अरर्बौ रकम विनियोेजन गर्छ । बिडम्बना के छ भने उक्त विनियोेजित रकमकोे उपभोग पहुँचवाला र हुनेखानेले मात्र गरिरहेको स्रोतको दाबी छ ।

गरीब तथा विपन्न वर्गका जनताहरु यो कोेषको बारेमा जानकार नहुनुु । कुन रोग कडा हो भनेर गरीब तथा विपन्न वर्गका जनताले थाहा नपाउनुले पनि उनीहरु यो सुविधा बाट बञ्चित हुन पुगेका हुन् । नेपालकोे केही भाग भौैगोेलिक हिसाबले विकट क्षेत्र मानिएकोले उक्त क्षेत्रमा रहेका जिल्लावासीहरुले सरकारद्धारा जारी गरिएको यो सुविधा बारे सूचना नै पाएका हुन्नन् । यही कारण यो सुविधामा पहुँचवाला र हुनेखानेहरुकै हाली मुुहाली चलेको बुझ्न गा¥हो छैन ।

आठ प्रकारको कडा रोगको उपचार खर्च बापत सरकारले आधा दशक भन्दा बढी समय देखि सहयोग गर्दै आएको छ । तर यो सुविधाको उपभोग विकट क्षेत्रका जनताहरुले प्रयाप्त मात्रमा गर्न सकेका छैनन् ।

सरकारले आठ वटा रोेगलाई कडा रोगको रुपमा सुचिकृत गर्दै उक्त रोगकोे उपचारको लागि १ लाख देखि ५ लाख रुपैया सम्म उपचार खर्च दिँदै आएको छ । कडा रोगको लागि विनियोजित गरिएको रकम मध्ये सबै भन्दा बढि मृगौला रोगको उपचारमा खर्च हुने गरेको सम्बन्धित निकाय वताउँछ । उक्त विनियोजित रकम मध्ये करिब ६० प्रतिशत रकम मृगौला रोगको उपचारमा खर्च हुने गरेको विपन्न नागरिक औषधिउपचार व्यवस्थापन शाखा कार्यक्रमका सिनियर अहेव अधिकृत प्रकाश घिमिरेले बताउँछन् ।

कुन कुन रोग कडा रोगको रुपमा सुचिकृत गरिएको छ ?

मृगौैला, मुुटुु रोग, क्यान्सर, पार्र्किन्सन्स रोग, अल्जाईमर्स रोग, स्पाईनल ईन्जुुरी, हेड ईन्जुरी र सिकल सेल एनिमिया रोगलाई कडा रोगको रुपमा सुचिकृत गरिएको छ ।

यस्तो रोग लागेकोे अवस्थामा सुविधा प्राप्त गर्न सकिन्छ :

१. मृगौला रोग

क. अल्पकालिन रुपमा मृगौलाले काम नगरेको

ख. दीर्धकालिन रुपमा मृगौलाले काम नगरेको

ग. एक्यूट ग्लुमेरुलो नेफ्राइटिस एण्ड नेफ्राइटिक सिन्ड्रोम भएको अवस्थामा ।

र यो पनि : सावधान ! घोप्टो परेर कहिल्यै नसुत्नुस् नत्र …
घ. मृगौला खराव भै डायलाइसिसगर्नु पर्ने भएमा ।

ङ. मृगौला प्रत्यारोपण गर्नुपर्ने भएमा ।

च. मृगौला प्रत्यारोपण गरे पश्चात औषधि उपचार गर्नु परेमा ।

छ. मृगौला रोगको निदान तथा उपचारका लागि आवश्यक पर्ने औषधि, औषधिजन्य सामग्रीहरु, शैंया तथा सेवा शुल्कहरु ।

२. मुटु रोग

क. विभिन्न प्रकारका मुटु जस्तैः महाधमनीको शल्यक्रिया गर्नुपर्ने भएमा ।

ख.मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेशन गर्नुपरेमा । मुटुको भल्भ पूर्णरुपमा क्षति भएको वा मुटु फेल भएकोमा ।

३. क्यान्सर रोग

क. विभिन्न प्रकारका क्यान्सर रोग र ती सम्बन्धी शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी गर्नु परेमा

४. पार्किन्सन्स रोग

पार्किन्स् रोगसंग सम्बन्धित कुनै समस्या देखिनुको साथै त्यसको उपचार गर्नु परेमा

५. अल्जाईमर्स रोग

अल्जाइमर्स रोगसंग सम्बन्धित कुनै समास्य देखिनुको साथै त्यसको उपचार गर्नु परेमा

६. स्पाईनल ईन्जुरी

दुर्घटनाजन्य र चोटपटकजन्य विरामीहरुलाई शल्यक्रिया तथा पुर्नस्थापना गुर्न परेमा

७. हेड ईन्जुरी

दुर्घटनाजन्य र चोटपटकजन्यविरामीहरुलाई शल्यक्रिया तथा पुर्नस्थापना गुर्न परेमा

८. सिकल सेल एनिमिया रोग

यो रोगलागेका विरामीहरुलाई शल्यक्रिया तथा औषधि उपचार गर्नु परेमा यस्तो सुविधाको ब्यवस्था गरिएको छ

(क) मुट रोग, क्यान्सर रोग, अल्जाइमर रोग, पार्किन्स् रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकल सेल एनिमिया रोगका विरामीका साथै मृगौला रोगको एक्युट रेनल फेलियरभएका विरामीहरुले रु १ लाख सम्मको औषधि उपचार सुविधा पाउने छन् ।

(ख) मृगौला रोगको डायलासिस गर्नुपर्ने विरामीहरुले तोकिएका सूचिकृत अस्पतालहरुबाट निःशुल्क डायलाइसिस सुविधा पाउने छन् ।

(ग) नेपालमा मृगौला प्रत्यारोपण गर्नुपर्ने विरामीलाई मृगौला प्रत्यारोपण गर्दा सुचिकृत अस्पताल मार्फत रु ४ लाख रुपैंया वरावरको औषधि उपचार सुविधा पाउने छन् ।

(घ) मृगौला प्रत्यारोपण पूर्वको परिक्षणका लागी अंग (ग्रहणकर्ता र अंग दाताका लागी) रु ५० हजार र प्रत्यारोपण पश्चात औषधि सेवनका लागि १ लाख गरि जम्मा १ लाख ५० हजार रुपैया सुविधा पाउने छन् ।

(ङ) विदेशबाट उपचार गराएका विरामीहरुलाई अस्पतालको विल अनुसार मृगौला प्रत्यारोपण भएमा दुई लाख रुपैया र तोकिएका अन्य कडारोगको उपचारको हकमा एक लाख रुपैयामा नबढने गरी वील, भर्पाइका आधारमा सुविधा दिने छ ।

The post यी ८ रोग लागे सरकारले सित्तैमा उपचार गरिदिन्छ, हेर्नुस कुन कुन रोग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.