छोरी जन्माउने सुत्केरीलाई ५ हजार पोषण भत्ता

सर्लाही, पुष १ –सर्लाहीको बागमती नगरपालिकाले शनिबार ८२ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरेको छ ।

छोरा जन्माउने महिलालाई ३ हजार रुपैयाँ र छोरी पाउने महिलालाई ५ हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गर्न सुरु गरिएको नगरपालिका प्रमुख भरत कुमार थापाले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनपछि पदभार ग्रहण गरेलगत्तै बसेको नगरकार्य समितिको बैठकले गरेको निर्णय अनुसार शनिबार पहिलोपटक नगरपालिकाको १२ वटै वडाका ८२ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरिएको हो ।

जिल्लामै पहिलो प्रयास स्वरुप सुत्केरी महिलाले पोषणको अभाव झेल्नु नपरोस भनेर आफूहरुले यस्तो अभियानको सुरुवात गरेको नगरपालिका प्रमुख थापाले बताउनुभयो ।

अझै पनि समाजमा छोरा र छोरीबीचमा विभेद भैरहेको बताउँदै नगरप्रमुख थापाले भन्नुभयो, ‘हामीले यो अभियानको सुरुवात गरेपछि यस्तो विभेदमा कमी आउने र चेतना अभिवृद्धि हुने अपेक्षा गरेका छौँ । सुत्केरी महिलालाई पोषण भत्ता वितरण गर्दै नगरप्रमुख थापाले आफ्नो कार्यकालभरी यो अभियानलाई निरन्तर रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

समाजमा विद्यमान छोरा र छोरीबीचको विभेद तथा छोरी जन्मदा सुत्केरी महिला अपहेलित हुनुपर्ने कारण पनि आफूहरुले छोरा र छोरी जन्माउने सुत्केरीलाई फरक–फरक भत्ताको व्यवस्था गरेको नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानले बताउनुभयो ।

नेपाल सरकारले स्वास्थ चौकीमा प्रसुती गराउने महिलालाई हिमाली जिल्लामा १ हजार ५ सय, पहाडी जिल्लामा १ हजार र तराईमा ५ सय दिने व्यवस्था छ । ujyaaloonline

The post छोरी जन्माउने सुत्केरीलाई ५ हजार पोषण भत्ता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.