मोरङमा खसीको यो कस्तो चमत्कार ! पुराण सुन्ने देखी मलामी जाने सम्म !!

मोरङमा खसीको यो कस्तो चमत्कार ! पुराण सुन्ने देखी मलामी जाने सम्म !!

तेजन खड्का
उर्लाबारी । खसीले चमात्कारिक ब्यबहार प्रदर्शन गर्न थालेपछि मोरङको शिसवनी –१का बिनोदकुमार महतोेले ५ वर्ष देखि शौखको रुपमा खसी पालिरहेका छन् । खसीले गर्ने क्रियाकलापले जो कोहिलाई आचश्र्यचकित बनाउने गरेको छ ।

खसीले आश्र्चय चकित बनाएपछि स्थानीयवाशीले बाटोमा हिडँडुल गरेको भेटेमा खानेकुरा दिने र पुजाआजा समेत गर्ने गरेका छन् । बाटोमा बडेमानको खसी देखेपछि समाचार बनाउन लागेको समाचारदाता कत्रो ठुलो खसी भनेर समाचार बनाउने सुरमा थियो । तर यथार्थ अर्कै रहेछ गाउँमा कुनै धार्मिक कार्यक्रमको भक्ति संगीत सुन्नासाथ महतोको खसी कार्यक्रम स्थलतर्फ पुग्ने गर्छ ।

विराटनगर–रंगेली सडक खण्डको रामचौकमा रहेको महतोको पसलमा खुल्ला छोडिएको खसी ५ किलोमिटर वरपरका सबै धामिर्क अनुष्ठानहरुमा पुग्ने गरेको छिमेकी रामेश्वरदेव मण्डलले बताए । २०६४ सालमा सप्तरीको माहुलीबाट किनेर ल्याएको जमुनापारी जातको खसीले २०६८को चैत १३ देखि १८ सम्म आयोजित यज्ञमा पहलो पटक चमात्कारिक ब्यवहार देखायो ।

महतो भन्छन्–यज्ञ सुरु भए देखि अन्तिम दिनसम्म खसीले यज्ञस्थल छोडेन । यज्ञको विसर्जन गर्न नदी सम्मसँगै गयो । खसीले धार्मिक हाउभाउ देखाएपछि महतोकि आमाले खसी बिक्रि गर्न दिइनन् ।

दुई तीन पटक खसी बेच्ने जमर्काे गर्नु भएका महतो भन्छन्–‘२०६८ चैत २५ गते आमा बित्नुभयो । त्यो दिन पनि दाहसंस्कार गर्न खसी मलामीहरुको अघि–अघि लाग्यो । त्यसपछि महतोको समेत मन मष्तिष्क समेत फेरियो । जनावर हो ।तर, मानिसको भन्दा सब्य र संस्कार युक्त ब्यवहार गर्छ । त्यसैले बेच्ने निर्णय फिर्ता लिएँ,महतोले भने । २०६९को जेठमा पनि गाउँमा ठूलो यज्ञ भयो । त्यो यज्ञमा समेत खसीले यज्ञस्थल नछोडेको स्थानीयवासी बताउँछन् ।

सात वर्षको खसी हाल ९३ किलोको छ । छिमेकी गाविस नोचाका शैयद आलमले गत वर्षको रमजानमा खसीलाई १ लाख ५० रुपैयाँ दिएपनि खसी बिक्रि नगरेको महतोको भनाई छ । ठूलो खसी पालेर के गर्छस ? खसीले दाँई गर्दैन,गाडा र हलो तान्दैन भनेर धेरैले बेच्ने सल्लाह दिए । तर,पैसा भन्दा संस्कार र धर्म ठूलो भनेर खसी बेचेको छुइन–महतोले भने । अचेल खसीलाई देख्नसाथ तस्विर खिच्नेको कमि छैन् ।

The post मोरङमा खसीको यो कस्तो चमत्कार ! पुराण सुन्ने देखी मलामी जाने सम्म !! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.