‘नेपाल सरकार डराएर हो… नत्र अरु देशमा भएको भए रवि लामिछाने पक्राउ परिसक्थे…'(भिडियोसहित)

मङ्सिर २८, काठमाडौ । पछिल्लो समय सामाजिक संजालमा रबि लामिछाने र दिल निशानीको जुहारी चलेको छ ।

रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ्गले रबिका फ्यानहरुलाई चिड्यायो र दिल निशानी मगरलाई सामाजिक संजालमा बिरोध गर्नेहरुको लहर नै उर्लियो ।

तर यता दिल निशानी मगरले भने रबि लामिछाने नेपाली नागरिक नभएको अकाट्य र ध्रुब सत्य छ भनिरहेका छन । उनले रवी लामिछाने कानुनी रुपमा नेपाली नागरिक नभएको बताउदै लामिछानेको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथी प्रश्न उठाएको दाबी समेत गरेका छन ।

ठुला ठुला कानुनको ब्याख्या गर्ने लामिछाने आफु नै कानुनविपरित नेपालमा बसेर पत्रकारिता गरेको आरोपसमेत उनले लगाएका छन् । उनले भने – ‘के थाहा ! रवि लामिछाने अमेरिकाको गुप्तचर पो हुन् कि ?’ कुन सन्दर्भमा दिल निसानीले यसो भने भिडियोमा हेर्न सक्नुहुनेछ । लामिछानेले अमेरिकाको पासपोर्टधारीले मिडियाको बलमा नेपालको सुचना लिन पाउने कुनै अधिकार नभएको उनले बताए ।

उनले भनेका छन् – ‘अरु देशमा भएको भए लामिछाने पक्राउ परिसक्थे.. ।’ मगरले सकारात्मक हुँदै भनेका छन् – ‘लामिछानेले अमेरिकाको नागरिकता त्यागेर आउन स्वागत गर्न जान्छु । म उनको बारेमा सकारात्मक लेख्छु |… तर उनि अहिले कानुनी जटिलतामा छन् । अरुलाई कानुन सिकाउँदा आफुले पनि कानुन मान्नु पर्छ ।’

यसै बिषयमा पत्रकार डि.बि. बुढाथोकीले समसामयिक बिषयमा दिल निशानी मगर संग गरेको अन्तर्वार्ताको सम्पादित अंश:

The post ‘नेपाल सरकार डराएर हो… नत्र अरु देशमा भएको भए रवि लामिछाने पक्राउ परिसक्थे…'(भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.