यसरि लुकाएर राखिएको हुन्छ वाइफाईको पासवर्ड, सजिलै ह्याक गर्ने तरिका सिक्नुहोस…

अहिलेको हाईटेक लाइफमा सबैसँग समार्टफोन हुन्छ । र मोवाइल सेवाप्रदायक कम्पनीले प्रदान गर्ने 2G, 3G, 4G तथा वाईफाईमार्फत इन्टरनेटको प्रयोग नहुने त कुरै भएन ।

यस्तोमा कुनै पब्लिक (सार्वजनिक) वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त मज्जा नै हुने भयो । प्राय कलेज, सपिङ सेन्टर, सिनेमा हल, तथा होटेलहरुमा वाईफाई खुला रहन्छ । अर्थात् यदि यस्ता ठाउँमा जडित वाईफाईको पासवर्ड पत्ता लाग्यो भने त तपाईको काम झन सजिलो हुने नै भयो ।

सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन के गर्ने त ? यो आलेखमा हामीले केही यस्ता मोवाइल एपबारे उल्लेख गरेका छौं, जसको प्रयोगबाट तपाईलाई सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन मद्दत पुग्ने छ ।

बेस्ट वाई–फाई नेटवर्क ह्याकर
यो एप बनाउने कम्पनीको दावी छ कि वाईफाईमा राखिएको जस्तोसुकै पासवर्ड पनि यो एपले तोडेर पत्ता लगाउँछ । अहिले कुनै पनि ओपन या क्लोज वाईफाई नेटवर्कको पासवर्ड पत्ता लगाउन यसको प्रयोग आमरुपमा गर्न थालिएको छ ।

हाऊ टु ह्याक वायरलेस नेटवर्क
यस एपलाई एक टुटोरियल जसरी लिन सकिन्छ । यसमा तपाईलाई इथिकल ह्याकिङ टिप्स सिकाइन्छ । साथै वाईफाई प्रोटेक्सनका लागि बनाइने सेकुरिटी एल्गोरिथमकलाई ह्याक गर्न पनि सिकाइन्छ ।

वाई–फाई ह्याकर
वाई–फाई ह्याकर बीएनजी पनि एक खास पासवर्ड ब्रेकिङ एप हो । यो एप इन्सटल गरेर तपाई कुनै पनि वाईफाई नेटवर्कको रेन्जमा जानुहोस्, यसलाई तपाईको काम सजिलो बनाइदिने छ ।

ह्याक वाई–फाई पासवर्ड
यो एप गुगल प्ले स्टोरमा निःशुल्क उपलब्ध छ । केही सेकेन्डमै यो एपको मद्दतबाट वाई–फाईको पासवर्ड पत्ता लगाउन सकिन्छ । यो एपलाई अहिलेसम्म १० भन्दा बढीले डाउलोड गरिसकेका छन् ।

फाइन्ड माई राउटर्स पासवर्ड
डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्शनरी पासवर्ड रिकभरी जस्ता सुविधाको साथमा यो एप तपाईका लागि फाइदाजनक हुनसक्छ । यदि तपाईले नयाँ राउटर किन्नु भएको छ र त्यसको पासवर्ड थाहा छैन भनेपनि तपाईले यो एप प्रयोग गर्न सक्नुहुन्छ । लोकान्तरबाट |

The post यसरि लुकाएर राखिएको हुन्छ वाइफाईको पासवर्ड, सजिलै ह्याक गर्ने तरिका सिक्नुहोस… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.