प्रचण्डको बुहारीले चुनाव जित्दै, ज्वाइँ पराजित

२४ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी विना मगर कञ्चनपुरबाट जित नजिक पुगिरहेका बेला मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’बाट भने छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् ।

कञ्चनपुर क्षेत्रनम्बर १ बाट प्रचण्डकी बुहारी विना मगर १६ हजार ४५४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका दिवान सिंह विष्टले ९ हजार ८८ मतसहित पछ्याइरहेका छन् ।

तर, मोरङको प्रदेशसभा तर्फ क्षेत्रनम्बर ६ (क) मा प्रचण्डको छोरी ज्वाइँ जीवन आचार्य कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतअन्तरले पराजित भएका छन् । तबदार २३ हजार ५१३ मतसहित निर्वाचित भए । आचार्यको पक्षमा २१ हजार ४७० मत परेको छ ।

प्रदेशसभा ‘ख’मा पनि कांग्रेसकै उम्मेदवार केदार कार्की ११ हजार २९८ मतसहित निर्वाचित भएका छन् । कार्कीका निकटतम प्रतिस्पर्धी एमालेका रमेश प्रसाद पोखरेलले ८ हजार १२० मत पाए ।

मोरङ क्षेत्रनम्बर २ को प्रतिनिधिसभामा भने वाम गठबन्धनका साझा उम्मेदवार एमालेका लालबाबु पण्डितले कांग्रेसका डा. शेखर कोइरालालाई हराएका छन् ।

राजपा उपाध्यक्ष शुक्ला रुपन्देही ४ मा पराजित, कांग्रेसका प्रमोदकुमारले जिते

४ मंसिर, बुटवल । रुपन्देही क्षेत्रनम्बर ४ बाट राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पराजित भएका छन् । शुक्ला ११ हजार ३०२ मत अन्तरले कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवसँग पराजित भएका छन् ।

यादवले ३१ हजार ७१८ मतसहित निर्वाचित भएका छन् । शुक्लाले २० हजार ४१६ मत ल्याएका छन् ।

The post प्रचण्डको बुहारीले चुनाव जित्दै, ज्वाइँ पराजित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.