यस कारण डिभोर्स भएको थियो यी नेपाली सेलिब्रेटिहरुको

अहिलेको समयमा ब्रेक अप, विवाह र डिभोर्स सामान्यजस्तै भइसकेको छ । त्यसमाथि पनि कलाकारले गर्ने डिभोर्स र ब्रेक अप त मिडियामा छर्लंगै हुने हुँदा पनि धेरैको ध्यान जाने गर्छ । यी हुन् डिभोर्स भएका नेपाली कलाकार । उनीहरुको विछोडको कारण यस्तो छ ।

१) प्रियंका कार्की — यति बेलाकी निकै व्यस्त नायिका प्रियंका कार्कीले रोचक मैनालीसँग विवाह गरेकी थिइन् । विवाह पछि रोचकले गृहिणी बन्नुपर्छ भनेपछि उनले रोचकसँग डिभोर्स गरेको बताइन्छ । अमेरिकामा गएर फिल्ममा डिग्री गरेकी उनले अभिनेत्री बन्ने सपनाई चटक्कै मारेर गृहिणीको पेशा अंगाल्न सकिनन् । त्यसकारण उनी श्रीमानबाट अलगिइन् । पतिले धेरै माया गर्दागर्दै पनि अभिनेत्री बन्ने सपनाको लागि डिभोर्स गर्नुपरेको उनको भनाई छ । बजारका हल्लालाई विश्वास गर्दा प्रियंका अहिले नायक आयुष्मान जोशीसँग प्रेममा छिन् । रोचकले पनि केही महिनाअघि दोस्रो विवाह गरिसके छन् ।

२) रेखा थापा — अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझा पनि विवाह गरेको दश वर्षपछि अलग भए । उनीहरुको डिभोर्सको कारण उनीहरुको सन्तानलाई मानिदैँ आएको छ । छविले सन्तान चाहेको तर रेखाले सन्तान जन्माउन नचाहेको कारण उनीहरुको डिभोर्स भएको बताउँछन् । उनीहरुको डिभोर्स पछि कतिले रेखाको चरित्रमाथि औँला उठाए भने कतिले छविलाई श्रीमती टिकाउन नसकको आरोप लगाए । तर रेखाले भने आफूले सानै उमेरमा नबुझेर विवाह गरेको र पछि गएर विचार नमिलेर डिभोर्स भएको बताउँदै आएकी छिन् ।

३) संचिता लुइटेल — अभिनेत्री संचिता लुइटेलको निखिल उप्रेतिसँग विवाह हुनुभन्दा पहिले आकाश शाहीसँग प्रेम विवाह भएको थियो । यो जोडी छोटो समयमा नै एकअर्काबाट अलग भए । यसको कारण भने उनीहरु दुबैको परिवारलाई मानिएको छ । किनभने उनीहरुको विवाहप्रति दुैका परिवार खुशी थिएनन् । अहिले निखिल उप्रेतीसँग विवाह गरिसकेपछि संचिताले दुई सन्तानलाई जन्म दिइसकेकी छिन् ।

४) अञ्जु पन्त — गायिका अन्जु पन्त र मनोज पनि विवाह गरेको करिब दश वर्षपछि एकअर्काबाट अलग्गिए । पतिसँगको लामो असहजताका कारण उनले डिभोर्स गरेको बताउँदै आएकी थिइन् । श्रीमान मनोजले आफूमाथि गरेको अन्याय र अत्याचार सहन नसकेको उनको भनाई छ । डिभोर्स हुनुभन्दा अघि पनि मनोजले अञ्जुलाई अचेत अवस्था हुनेगरि पिटेका खबरहरु आएका थिए । त्यसबखत अञ्जुको दाँत भाँचिएका खबरहरु पनि मिडियामा आए । मनोजले आफ्नो चरित्रमाथि सधैँ शंका गर्ने र झगडा गर्ने गरेको अञ्जुले बताएकी छिन् ।

The post यस कारण डिभोर्स भएको थियो यी नेपाली सेलिब्रेटिहरुको appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.