११ वर्षकी बालिकाको जिब्रो मन्दिरमा चढाएपछी…

भारतको छत्तिसगढस्थित रायगढ जिल्लामा धार्मिक आस्था तथा अन्धविश्वासका कारण एक ११ वर्षीया बालिकाले आफ्नो जिब्रो काटेर शिवलिंगमा चढाएकी छिन् । स्थानीय सागितराई गाउँकी चमेली सिदार नामकी ती बालिकाले भगवान शिवलाई खुसी पार्न भन्दै आफ्नै जिब्रो काटेकी अधिकारीहरुले बताएका छन् ।

घटना धार्मिक आस्थासँग जोडिएको हुनाले गाउँलेहरुले जिब्रो काटिएकी बालिकालाई उपचारका लागि अस्पताल लैजान समेत नमानेको सरकारी अधिकारीको भनाई छ । जिल्ला प्रशासनले बालिकाको उपचारका लागि मन्दिरमै डाक्टर पठाइदिएको छ ।

गत शनिवार शिव मन्दिरमा गएकी शिवभक्त चमेलीले आफ्नो जिब्रो आफैले काटेर शिवलिंगलाई अर्पण गरेकी थिइन् । जिब्रो काटेपछि उनी बेहोस भइन् र ढलिन् । छोरी लामो समयसम्म घर नफर्केपछि उनका बुवाआमाले उनको खोजी गरे र खोज्दै जाँदा मन्दिरमा बेहोस अवस्थामा फेला पारे ।

समाचार अनुसार जिब्रो काटेकी बालिका मन्दिरमै छिन् र उनी वर्तालुहरुको आकर्षणको केन्द्र बनेकी छिन् । मन्दिरमा उनलाई हेर्ने र पुज्नेको भिड लागेपछि भिड नियन्त्रणका लागि पुलिस नै खटिएको छ ।

स्मरण रहोस् उक्त शिव मन्दिरमा यसअघि पनि तिनजना युवतीहरुले आफ्नो जिब्रो काटेर चढाइसकेका छन् । यसरी काटिएको जिब्रा उपचार नगरीकनै निको हुने भएकाले त्यसलाई गाउँलेहरुले चमत्कार मान्ने गरेका छन् ।

The post ११ वर्षकी बालिकाको जिब्रो मन्दिरमा चढाएपछी… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.