होटेलवाट आपत्ति जनक अवस्थामा जोडी पक्राउ..

२-पुस / तुलसीपुरको १९ नं. बाहिनीको सम्मुखमा रहेको रुकमेली होटेलवाट प्रहरीले आपत्ति जनक अवस्थामा युवा युवती पक्राउ गरेको छ ।

उक्त होटेलमा लामो समयदेखि यौन धन्दा चल्दै आएको भन्ने गोप्य सुचनाको आधारमा आइतवार दिउँसो प्रहरीले छापा हानेको थियो । त्यसक्रमा एकजना ५४ बर्षीय बस्नेत थरका एक व्यक्ति अन्दाजी २० बर्षीय किशोरी संग आपत्ति जनक अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्ने व्यक्ति तुलसीपुर उपमहानगरपालिकाको मानपुर निवासी भन्ने खुल्न आएको विश्वसनिय स्रोतले जानकारी दिएको छ । उनीसंगै उक्त होटेलवाट रोल्पाकी अन्दाजी २० बर्षीया बुढा थरकी युवती र सल्यानको कपुरकोट निवासी झन्डै १६ बर्षीया बिक थरकी किशोरी पक्राउ परेका छन् ।

यौन धन्दा सञ्चालन गरेको अभियोगमा प्रहरीले होटेल सञ्चालक प्रेम लम्साललाई पनि पक्राउ गरेको छ । यसैबीच पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउने ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । यसैबीच छापा लगतै होटेल आइतवार बन्द भएको छ ।
tulsipuronline बाट

The post होटेलवाट आपत्ति जनक अवस्थामा जोडी पक्राउ.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.