काठमाडौं,१ पौष ।
६ वर्षका अमेरिकन बालकले काम गरेर १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी कमाएका छन् भन्दा कमैलाई विश्वास लाग्न सक्छ ।
तर, अमेरिकामा आफ्नो आमाबाबुसँग बसिरहेका रेयान नाम गरेका ६ वर्षीया बालकले ‘यूट्युब च्यानल’मा खेलौनाहरुको समीक्षा गरेर अहिलेसम्म ११ मिलियन डलर (करिव १ अर्ब १२ करोड रुपैयाँ) कमाइसकेका छन् ।
ती बालकले बजारमा आएका नयाँ खेलौनाहरुको समीक्षा गरिएको भिडियोहरु उनको ‘यूट्युब च्यानल’मा अहिलेसम्म करौडौं मानिसहरुले हेरिसकेका छन् । उनले ‘रेयान टोयजरिव्यू’ नामक ‘यूट्यूब च्यानल’ चलाउँछन् । उनले आफ्नो च्यानलमार्फत दर्शकहरुलाई खेलौनाको संसारमा लैजान्छन् ।
‘फ्रोब्स म्यागजिन’ले सन् २०१७ मा संसारभरी सबैभन्दा बढी रकम पारिश्रमिक लिने सेलिब्रेटीको सूचीमा रेयानको नामसमेत समावेस गरेको छ ।
यति धेरै चर्चीत भएपनि उनको परिवारले रेयानबारे धेरै जानकारी अहिले नै सार्वजनिक गर्न नचाहेको बताएका छन् ।
केहि महिनाअघि रेयानको आमाले ‘वाशिंगटन पोष्ट’लाई दिएको अन्तर्वातामा उनले भनेकी छन्, ‘रेयान तीन वर्षको हुँदा यूट्यूब च्यानल खोल्ने योजना आएको थियो, जब रेयान बजारमा आएको नयाँ खेलौना खेल्दै कुन खेलौना कस्तो छ भनेर हामीलाई सुनाउँथ्यो ।’
रेयानको आमाका अनुसार रेयान सानैदेखि खेलौनासम्बन्धि टेलिभिजन कार्यक्रम हेर्ने गथ्र्यो । एकदिन रेयानले आफ्नो आमालाई अरुले जस्तै म पनि किन यूट्यूबमा नदेखिएको भनेर सोधेपछि खेलौनाको पसलमा गएर ‘लिगो ट्रेन’ किनेको र त्यहि खेलौनाबाट ‘यूट्यूब च्यानल’ सुरु गरेको उनको आमाले बताइन् ।
‘बीबीसी’का अनुसार रेयानले परिवारको सहयोगमा सन् २०१५बाट उक्त ‘यूट्यूब च्यानल’ सुरु गरेका थिए । एक वर्षमै उनको च्यानल हेर्ने दर्शकको संख्या १६ अर्बभन्दा बढी पुगेकोे छ भने उनको एउटै भिडियो ८० करोडभन्दा बढी मानिसहरुले हेरिसकेका छन् । त्यस्तै, १० लाखभन्दा बढी मानिसहरुले उनको च्यानल ‘सब्स्क्राइब’ गरेका छन् । एजेन्सी
The post यी ६ वर्षीय बालकले कमाउछन १ अर्ब १२ करोडभन्दा धेरै ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.