दाइजो नल्याएको निहुमा घर निकाला, बेहुली यसरी बाहिर बस्न बाध्य, हेर्नुहोस..

उर्लाबारी: देशका धेरैजसो स्थानहरूमा दाइजो बिरोधी बिबाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिला घर निकाला भएकी छिन् ।

सात जन्म साथ दिने प्रण गरी विवाह गरेर ल्याएको ७ महिनामा नै उर्लाबारी–२ भुसीकी गीता पौडेल घर निकाला भएकी हुन् । १८ वर्षीय गीताको गत बैशाखमा चन्द्रबहादुर पौडेलसँग विवाह भएको थियो ।

एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई पौडेलका बुवा तुलबहादुरलगायत घरपरिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, असारमा तुलबहादुरको निधन भएपछि सासु र श्रीमान्ले उनलाई मानसिक यातना दिन थालेका थिए । पौडेल परिवारले उनलाई यातना दिनुका साथै भैसीगोठमा राखेका थिए । पीडित गीताले माइतमा फोन सम्पर्क गर्न नदिने, धम्क्याउने, कुटपिट गर्ने गरेको बताइन् । उनले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरिन् ।

उता, छोरीलाई घर निकाला गरेर पशुसरह गोठमा राखिएको खबरपछि माइतीपक्ष पुग्दा उनीहरूमाथि नै घरपरिवारले विभिन्न लाञ्छना लगाएको पीडित पक्षको भनाइ छ । हाल गीता उर्लाबारी–४ स्थित माइतमा आश्रय लिएर बसेकी छन् ।

The post दाइजो नल्याएको निहुमा घर निकाला, बेहुली यसरी बाहिर बस्न बाध्य, हेर्नुहोस.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.