काठमाडौ । सम्पूर्ण राजनीतिक परिवर्तन स्थायीत्वको अन्तिम चरणमा छ । अब पूर्ण न्याय, शान्ति, सम्वृद्ध मुलुक बनाउने सरकारको नेतृत्व गर्नेगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार बनाउँने दौडमा छन् । हिँजो जे भएको होस् तर अब उनीहरुको न्यायको इज्जत शिक्षण अस्पताल महाराजगञ्जको चार नम्बर फ्रिजमा जमिरहेको छ । किनकी राज्यसँग न्यायको भिख माग्दामाग्दै अनसन स्थलबाटै प्राण तयाग गरेका नन्दप्रसाद अधिकारीको लास अझै सडेको छैन । फ्रिजमा जमिरहेको छ । गंगामाया अधिकारी । नियतीले मात्र हैन, राज्यलेसमेत ठगेकी एक निर्दोष महिला । लाग्छ, आज उनलाई सहारा दिने यो संसारमा कोही छैन । उनी न्यायका लागि आफ्नो सुष्क, थकित र गलीत स्वरमा अझै पनि चिच्याइरहेकी छिन्, तर सत्ता र स्वार्थको राजनीतिको यो उतारचढावमा गंगामायाको न्यायको याचना ओझेलमा परिरहेको छ । पहिलेपहिले अधिकारी दम्पतीको पक्षमा आवाज चर्काउने मानवअधिकारबादी संगठन र स्वनामधन्य मानवअधिकारीकर्मीहरु पनि अचेल ठण्डाराम भएका छन् ।
वीर अस्पतालको एउटा कुनामा गंगामाया अझै पनि अनसनको कठोर दिनचर्याबाट गुज्रिरहेकी छन् । उनको दुःख देखेर सायद ढुँगो पनि पग्लियो होला, तर अधिकारवादी र यसवीचमा उदाउँदै अस्ताउँदै गरेका सबै अल्पायु सरकारको हृदय पग्लिएको देखिएको छैन । एसएलसीको रिजल्ट हेर्न भनि निस्किएको भर्खरको कलकलाउँदो छोरो बिनासित्ती मारियो । छोरालाई न्याय दिलाउन आफुसँगै आमरण अनशसन बसेका पति नन्दप्रसादको अनशनकै क्रममा प्राणपखेरु उड्यो । तर, उनले पतिको सद्गत गर्नसमेत पाइरहेकी छैनन् । पतिको शव शिक्षण अस्पतालको फ्रिजमा पोको पारेर राखिएको छ । एउटा लोकतान्त्रिक मुलुककोलागि यो लज्जाको विषय हुनुपर्ने हो । पुसको यो कठयांगिदो जाडोमा गंगामायाका चिसा आँखाहरुले सोधीरहेका छन्, एउटी महिलाप्रति राज्यको यो हदसम्मको अन्याय, निश्पृहता अनि अत्याचार कहिलेसम्म ?
जघन्य अपराध
गोरखाको भूजेल गाउँ–७ मा गंगामाया अधिकारीको एउटा सुन्दर सुखी परिवार थियो । पति नन्दप्रसाद अधिकारी र पुत्र कृष्णप्रसाद अधिकारीका साथ उनका दिनहरु बितिरहेकै थिए । मुलुकमा जारी माओवादी हिंशात्मक बिद्रोहसँग अधिकारी परिवारको कुनै नाता सम्बन्ध थिएन । उनीहरु आफ्नै कर्म बन्धनमा बाँधीएका थिए र जीवनरुपी डुंगा जसोतसो तार्ने मेलोमा लागिरहेका थिए ।
२०६१ साल असार १८ गते नन्दप्रसाद र गंगामाया दम्पतीको जीवनमा एउटा बज्रपात प¥यो । त्यो दिन एसएलसीको रिजल्ट आएको थियो । छोरा कृष्णप्रसाद एसएलसीको रिजल्ट हेर्न भनि चितवन पुगेका थिए । चितवनमा माओवादीहरुले कृष्णप्रसादको अकारण अपहरण गरे र केहीपछि हत्या नै गरे । खबर सुनेर अधिकारी दम्पती मर्माहत भए । भर्खर एलएलसी पास गर्न लागेको आफ्नो छोरालाई माओवादीले त्यसरी मार्नुपर्ने कुनै कारण उनीहरुले देखेनन् । बुझ्दै जाँदा ‘भूजेल गाउँकै कुनै कृष्णप्रसाद अधिकारी नामको व्यक्तिले माओवादीको सुराकी गरेको भन्ने रिपोर्ट आएकाले जनकार्वाही गर्ने क्रममा भुलबस अर्कै कृष्णप्रसाद अधिकारी परेको’ स्पष्टीकरण माओवादीले दियो । यसरी अनाहकमा एउटा युवा मारियो । त्यो एउटा जघन्य अपराध थियो । हत्याराहरुले सजाय पाउनैपथ्र्यो ।
राज्यको ज्यादती
शान्ति प्रकृया सुरु भएपछि आफ्नो छोरा बिनाकसुर मारिएकाले न्याय पाउँ भन्दै अधिकारी दम्पतीले आमरण अनशन सुरु गरे । तर न्याय दिनुको साटो उनीहरुलाई कहिले हिरासतमा त कहिले मानसीक अस्पतालमा समेत लगेर राखियो । गोर्खाकै नेता डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उनीहरुले न्यायको आन्दोलन चर्काए । किनकी गोरखाकै जनताको समस्या समाधानमा गोरखाकै प्रधानमन्त्रीले विशेष पहल गर्लान् भन्ने उनीहरुको आश थियो ।
२०६९ साल पुस १६ गते तात्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराइलाई भेटी न्यायको याचना गर्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरु पुगेका थिए । त्योबेला अधिकारी दम्पतीलाई गेटबाटै पक्राउ गरी ४९ दिनसम्म बिनाकसुर हिरासतमा राखेर छाडिएको थियो । हिरासतबाट छुटे लगत्तै सोही साल माघ २२ गतेबाट आमरण अनशनमा बसेका अधिकारी दम्पतीलाई तत्कालीन शासकहरुले त्यसपछि पनि विभिन्न मानसिक तथा शारीरिक यातना दिएका थिए । प्रहरीले उनीहरुलाई उठाएर थानकोटको भत्कीन लागेको खण्डहरजस्तो ठाउँमा लगेको थियो । अधिकारीले त्यहाँ बस्न नमानेपछि उनीहरुलाई वीर अस्पताल पु¥याइयो । वीर अस्पतालमा उनीहरुले गेटमै बसेर अनशन थाले । २०७० जेठ २९ मा उनीहरुलाई त्यहाँबाट पनि गिरफ्तार गरी लगनखेलस्थित मानसीक अस्पताल पु¥याइयो ।
मानसीक अस्पतालमा लहरै दुइवटा खाटमा अस्पताल प्रशासन र प्रहरीको कडा निगरानीमा राखियो । उनीहरुको नैसर्गिक अधिकारकोसमेत हनन गरी कसैसँग बोल्न र भेट्न नदिइ राखिएको थियो । त्योबेला अधिकारी दम्पती भन्थे, ‘हामीलाई यहाँ ल्याएर बन्दी बनाइएको छ । हाम्रो के कसुर थियो र हामीलाइ यहाँ ल्याएर थुनीयो रु’
स्वास्थ्य परीक्षण गर्दा अधिकारी दम्पतीलाई कुनै मानसीक समस्या नभएको स्पष्ट भयो । यसबाट राज्यले आफ्नो नागरीकलाई जबर्जस्ती पागल बनाउनसमेत पछि पर्दोरहेनछ भन्नेजस्तो खेदजनक अवस्था पनि देखियो । सद्धे मान्छेलाई पागल आरोपित गरेर राज्यले अपराध नै गरेको थियो । मानसीक रोग नभएको व्यक्तिलाई लामो समयसम्म अस्पतालमा राखिनु मानव अधिकारको उल्लंघन भएको मानव अधिकारबादी संघ संस्थाहरुले बताएका थिए ।
न्यायको अवसान
विस्तारै उनीहरुको शारीरिक अवस्था कमजोर हुँदैगयो । राज्यले उनीहरुको आवाजको कुनै सुनुवाइ गरेन । यस्तैमा एकदिन लोकतान्त्रिक मुलुकको मानवअधिकारमाथि गम्भीर प्रश्न खडा भयो । अनसनकै क्रममा मनमायाका पति नन्दप्रसादको निधन भयो । २०७१ साल असोज ६ गते नन्दप्रसाद बिते । उनको अवसान खासमा कानूनी राज्य , विधिको शासन र न्यायमूलक समाजका पक्षमा उनको शहादत थियो । यही कारण न्याय नपाउन्जेल गंगामायाले पतिको अन्तिम संस्कार पनि गरिनन् र आजका मितिसम्म पनि नन्दप्रसादको शव शिक्षण अस्पतालको डिप फ्रिजमा पोको पारेर राखिएको छ ।
प्रश्न उठछ, डिप फ्रिजमा नन्दप्रसादको शव सडीरहेको हो कि कानूनी राज्यको मूल्य मान्यता सडीरहेको हो रु नन्दरामको अवसान भएको हो कि विधिको शासन र न्यायको अवसान भएको हो रु के गंगामायाले आफ्नो पतिको सत्गत् गर्न कहिले पाउने रु के उनलाई त्यो अधिकार दिनसक्ने ल्याकत यो लोकतान्त्रिक गणतन्त्रात्मक शासनसँग छैन रु
मानवअधिकारवादीको अर्थपूर्ण मौनता
हालै डिसेम्बर १० मा विश्वभरी मनाईने मानवअधिकार दिवस काठमाडौंमा पनि मनाइयो । एम्नेस्टी इन्टरनेशनल,नेपाल मानव अधिकार संगठन,मानव अधिकार तथा शान्ति समाज,इन्सेक, सिविन, इन्हुरेडलगायतका मानव अधिकारवादी संस्थाहरुले मानवअधिकारका पक्षमा पाँचतारे होटलमा गोष्ठी, सेमीनार र कार्यशालाहरुको आयोजना गरे । तर ती कुनै पनि समारोहमा गंगामाया अधिकारीको मानवअधिकार हननको मुद्दा उठेन । कृष्ण पहाडी, सुवोध प्याकुरेल, चरण प्रसार्इं, गौरी प्रधान, कनकमणि दीक्षित, पदमरत्न तुलाधर जस्ता अधिकारवादी मुद्दामा सँधैं चनाखो देखिने अगुवाहरु पनि अधिकारी दम्पतिको अवस्थाबारे बोल्न थाके जस्ता देखिए । किन रु आखिर के हो कारण यो मौनताको रु एकसेएक मानिएका मानवअधिकार क्षेत्रमा हस्तीहरुको यो मौनताको अर्थ समाजले खोजिरहेको छ । कुनैबेला अधिकारी दम्पतीको विषयलाई लिएर प्रधानमन्त्री निवासमा ब्यानर र प्ले कार्ड बोकेर उर्लने मानवअधिकारकर्मी पनि अचेल मौन छन् १
शासन, सत्ता र शक्तिमा रहेका मानिसहरुले अधिकारी दम्पतीका हत्यारालाई संरक्षण दिइरहँदा कतै ती मानवधिकारकर्मीहरुले पनि बलेको आगो तापीरहेका त हैनन् रु या उनीहरुलाई दाताहरुले अधिकारी दम्पत्तीको मुद्दा थाँती राख्न कान फुकेका पो छन् भन्ने जस्ता जिज्ञासा पनि अचेल सुन्न पाईन्छ ! चुनावमा काठमाडौंलाई स्मार्ट सिटि बनाउनेदेखि केरुङबाट रेल ल्याउनेसम्मका कुरा भए । तर, स्मार्ट सिटी बनाउने भनिएको काठमाडौंकै एउटा अस्पतालको कुनामा मृत्युसँग सँघर्ष गरीरहेकी गंगामायाको मुद्दालाई कसैले चुनावी मुद्दा पनि बनाएन । दलहरुको घोषणापत्रमा मानवअधिकार हननको यो मुद्दा समेटीएन । लोकतन्त्र र मानवअधिकारका पक्षमा बोलेर नथाक्नेहरुको मुखमा पनि अधिकारी दम्पतीको कुरा आउन छाड्यो ।
गंगामायाको पनि स्वास्थ्य अवस्था कमजोर भइसकेको छ । पति नन्दप्रसादको शव अस्पतालको चार नम्बर फ्रिजमा बरफ बनेर जमेकै चार वर्ष हुन लागिसक्यो, तर न्यायको मार्गमा जमेको हिउँका ढिक्का भने अझै फुटन सकेको छैन । जेसुकै होस्, गंगामाया अहिले पनि अनशनमै अडेकी छिन् । उनको आशा भने मरेको छैन । शिक्षण अस्पतालको चार नम्बर फ्रिजमा न्यायलाई बरफको ढिक्का बनाएर जमाएर राखिएको किन नहोस्, तर गंगामायाको एक्लो अडानको राप र तापले एकदिन पक्कै त्यो बरफ पग्लिनेछ र बाढी बनेर अन्याय, अत्याचार र अपराधका कसिँगरहरुलाई बगाएर लानेछ । मनमाया यही आशमा छिन् । के यो सभ्य समाज र लोकतान्त्रिक राज्यका लागि लाजमर्दो अवस्था हैन ? सरलपत्रिकाको साथमा
The post टिचिङको चार नम्बर फ्रिजमा जमिरहेको प्रचण्ड र ओलीको न्यायको इज्जित ! #अधिकारीको_लास appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.