दार्चुला – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागी खटिएका म्यादी प्रहरीको मृत्यु भएको छ। गस्ती डिउटीमा खटिएको बेला म्यादी प्रहरीको लडेर मृत्यु भएको हो। मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नंं२ सुण्डमुण्डका १९ वर्षीय रविन्द्रसिह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नौगाड–२ दल्लेख प्रहरी प्रहरी चौकीबाट प्रहरी हवल्दारको नेतृत्वमा बुधबार पनख्यातिर गस्तीका लागी हिडेको टोलीमा रहेका ठगुन्नाको लम्पानी भन्ने ठाउमा लडेर मृत्यु भएको नौगाड गाउँपालिका २ का अध्यक्ष नारायण सिंह ठगुन्नाले जानकारी दिए।
घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सई भुवन विक्रम शाहको नेतृत्वमा टोली पठाइएको दार्चुलाका डिएसपी जनकबहादुर शाहीले बताए। घटना स्थल गएको टोलीसित सम्पर्क हुन नसकेपनि ठगुन्नाको शव पोष्टपार्टमका लागी जिल्ला सदरमुकाम ल्याईदै गरेको छ।
The post दुख्द खबर: गस्तीमा खटिएका म्यादी प्रहरीको मृत्यु appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.