नेपालसंग साईनो रहेका यी हुन बलिउड सेलिब्रेटीहरु

बलिउडप्रतिको लगाव नेपालमा पनि निकै छ । नेपाली चलचित्र , गीत संगित होस या दर्शकहरु नै बलिउडप्रति आर्कषित छ नै । त्यही बलिउडमा भने यस्ता धेरै सेलिब्रेटीहरु छन् जसको नेपालसंग कुनै न कुनै रुपमा लिंक या भनौ सम्बन्ध रहेको छ । आउनुस जानौ ती सेल्रिबेटीका बारेमा ः

govinda

माला सिन्हा ः बलिउडकी कुनै समयकी चर्चित नायिका माला सिन्हा नेपाली हुन भन्ने त धेरैलाई नै थाहा छ । उनको बुवा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन् ।

Sunita-1

गोबिन्दा अहुजा ः बलिउडका चर्चित नायक गोबिन्दा नेपालका ज्वाई हुन् । उनले नेपाली मधेशी मुलकी सुनितासंग बिवाह गरेका हुन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसंग भेटे नेपाल आफनो ससुराली घर भएको बताउँछन् ।

उनले भारतको नेशनल टेलिभिजनमा बिभिन्न शोहरुमा भाग लिन गएका नेपालीहरुको पक्षमा बोल्दै नेपाल आफनो ससुराली हो भन्न कत्ति हिच्किचाउँदैनन् ।

bharti_singh_1498734405_725x725

भारती सिंह ः भारतको चर्चित कमेडीयन भारती सिंहको रगतमा पनि नेपालीकै रगत बगेको छ । उनको आमा पञ्जाबी थिईन भने बुवा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफनो नेपालसंग गहिरो सम्बन्ध भएको बताउने गर्छिन् ।

dc-Cover-20160116224747.Medi

अहमद खान ः बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसंग साईनो रहेको छ । उनको बुवा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफनो आमा नेपाली भएको धेरै पटक बताईसकेका छन् ।

sriti-647_081117032147

श्रृति झा – टेलिभिजनकी चर्चित अनुहार श्रृति झा लाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् । वास्तवमा उनी नेपाली भने होईनन् । तर उनी आफनो परिवारको साथमा लामोसमय काठमाडौ बसेकी थिईन् ।

बिहारमा जन्मिएकी श्रृतिले काठमाडौमा रहेको मोर्डन इण्डियन स्कुलमा आफनो अध्ययन पुरा गरेकी हुन् । आफनो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसंग नेपाली बोल्न सक्छिन् । उनले जि टिभीको सिरियल कुमकुम भाग्य बाट बिषेश चर्चा कमाएकी हुन् ।

The post नेपालसंग साईनो रहेका यी हुन बलिउड सेलिब्रेटीहरु appeared first on Taja nepali news.

http://ift.tt/2z8oe3P
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.