शर्मिलाले हिँड्दा हिँड्दै बाटोमै जन्माइन् छोरा

जाजरकोट, मंसिर २६ – जाजरकोटमा एक महिला नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा बाटोमा नै सुत्केरी हुनुभएको छ । कुशे गाउँपालिका–९ बाट सदरमुकाम खलंगा जाँदै गरेकी शर्मिला नेपालीले बाटोमा नै छोरा जन्माउनु भएको हो ।

शर्मिलाको घरबाट सदरमुकामसम्म पुग्न सामान्य हिँडाईमा ३६ घण्टा लाग्छ । दोस्रो पटक आमा बन्न लागेकी शर्मिला अस्पतालमा सुत्केरी हुने भन्दै बहिनी साथी लिएर खलंगा हिँड्नु भएको थियो । खलंगा जाँदै गर्दा उहाँले पाँचकाटिया नजिकै कर्कले भीरको बाटोमै बच्चा जन्मिएको स्थानीय बासिन्दा डिल्ली थापाले जानकारी दिनुभयो ।

उहाँलाई सुत्केरी गराउन बहिनीसँगै स्थानीय महिलाहरुले पनि सहयोग गरे । विकट बस्तीमा अहिले पनि स्वास्थ्य केन्द्र स्थापना हुन नसक्नु र स्थापना भएका स्वास्थ्य केन्द्रबाट गुणस्तरीय सेवा नभएको कुशे गाउँपालिका–५, ढिमेका बासिन्दा शिवबहादुर मल्लले गुनासो गर्नुभयो । मल्ल भन्नुहुन्छ, ‘जाजरकोटका अधिकांश महिला गोठमा, जंगलमा, मेलापात गएको ठाउँमा, बाटोमा बच्चा जन्माउन बाध्य छन् ।’

जाजरकोटमा स्वास्थ्य सस्थामा कर्मचारी खोजेको बेला नपाइने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । अहिले जिल्ला अस्पतालमा समेत एकजना डाक्टर बाहेक अरु ५ जना डाक्टर कार्यालय छोडेर घर गएको जिल्ला अस्पतालका एक कर्मचारीले बताए ।

जाजरकोटमा ५० शैयाको अस्पताल भए पनि विशेषज्ञ तथा डाक्टर नबस्ने गरेका छन् । साथै सुत्केरी गराउने विशेषज्ञता भएका डाक्टर पनि नभएको अवस्था छ । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको पाँचकाटियाका मेडिकल सञ्चालक गणेश खत्रीले जानकारी दिनुभयो । बाटोमा नै स्वस्थ छोरा जन्माउने शर्मिलाले खलंगामा नै पुगेर यसअघि ३ पटक गर्भ जाँच गराउनुभएको थियो । ujyaaloonline बाट

The post शर्मिलाले हिँड्दा हिँड्दै बाटोमै जन्माइन् छोरा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.