आफूलाई मत दिएर जिताएपछि केपी ओलीलाई फोन गरेर राजेन्द्र महतोले भने, ‘धन्यवाद’

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई धनुषा ३ बाट तीन हजार बढी मतले पराजित गरेपछि राजपा नेता राजेन्द्र महतो चर्चामा छन् । सर्लाहीबाट धनुषा गएर त्यहीँका नेतालाई पराजित गरेपछि महतोको चर्चा बढी चलेको हो ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा धनुषा ३ मा कांग्रेसको १९ हजार, राजपा र संघीय समाजवादी फोरमको १७ हजार तथा एमाले र माओवादी केन्द्रको १३ हजार मत थियो । तर, महतोले ३० हजार मत ल्याए । यत्रो मत कसरी सम्भव भयो ? त भन्ने प्रश्नको धेरैले अनुमान लगाइसकेका छन् ।

वाम गठबन्धनको १३ हजार मत छापा चिन्हमा हालेपछि महतोको जित सम्भव भएको हो । एमाले र माओवादी केन्द्रले निर्वाचनको अघिल्लो दिन निर्णय गरेरै महतोलाई जिताउन मत दिन भनिएको थियो । सोहीअनुसार महतोले जितेका हुन् । जुन कुरा महतोले आइतबार खुलासा गरेका छन् ।

एमाले अध्यक्ष केपी ओली बालकोटस्थित निवासमा आइतबार पार्टीका शुभेच्छुक, आफन्त, कार्यकर्ताको बधाई खाइरहेका थिए । बाहिर धेरै मानिसको जमघट भए पनि भित्र दुई चारजनासँग गफिँदै थिए । त्यही बेला राजपा नेता राजेन्द्र महतोको ओलीलाई फोन आयो । ओलीले फोन उठाए । उताबाट भनियो, ‘मत हालेर जिताउन सहयोग गरेकोमा धन्यवाद ।’ ओलीले ठीकै छ मात्र भने । medianp

The post आफूलाई मत दिएर जिताएपछि केपी ओलीलाई फोन गरेर राजेन्द्र महतोले भने, ‘धन्यवाद’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.