नून र पानीको मिश्रणले नुहाउँदा यी ५ आश्चर्यजनक फाइदा हुन्छ, जानी राखौँ

नुहाउनु स्वास्थ्य र त्वचा दुवैको लागि राम्रो हुन्छ । हरेक दिन नुहाउने धेरैको बानी हुन्छ । दिनहुँ नुहाउँदा शारीरिक स्फुर्ति बढ्छ । आजसम्म तपाईले नुहाउँदा पानीमा फूल, सुगन्ध, गुलाबजल वा अन्य सौन्दर्य पदार्थको प्रयोग गर्नुभएको होला । तर तपाईलाई थाहा नहुन सक्छ कि नून पानीको मिश्रणले नुहाउँदा पनि निकै लाभदायक हुन्छ । नून पानीको मिश्रणबाट नुहाउँदा हुने यी ५ फाइदा जानीराखौँ ।

१- नून र पानीको मिश्रणले नुहाउँदा हड्डीमा हुने सामान्य दुखाईबाट आराम मिल्छ र पछि सम्भावित आर्थराइटिसको समस्याबाट पनि बचाउँछ ।

२- नून र पानीको मिश्रण मिनरल्सले भरिपूर्ण हुन्छ । त्वचाको छिद्रसम्म पुगेर सफाई गर्छ, जसले त्वचामा इन्फेक्शनको खतरा हुन् दिँदैन ।

३- नून र पानीको मिश्रणले नुहाउँदा त्वचाको कोशिकाको विकास राम्रो हुन्छ र यो त्वचाको दाग-धब्बा एवम् चाउरीपनमा सकारात्मक असर पर्छ ।

४- तनावबाट बँच्नको लागि हल्का मनतातो पानीमा नून मिलाएर नुहाउँदा निकै फाइदायुक्त हुन्छ । यसबाट मानसिक रोगको खतरा हुँदैन ।

५- त्वचालाई मोइश्चराइज गर्नुको साथै मृत त्वचालाई सफा गर्छ र त्वचालाई मुलायम, चमकदार र गोरो बनाउन मद्दत गर्छ ।

The post नून र पानीको मिश्रणले नुहाउँदा यी ५ आश्चर्यजनक फाइदा हुन्छ, जानी राखौँ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.