बले र कक्रोजको गर्लफ्रेन्डलाई सितेबाले भगाएर लगेपछि…(भिडियोसहित)

काठमाडौँ। हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोज’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। लामो समयपछि उनीहरु गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका छन्। संगीतका विद्यार्थी किरणको बरीलै बोलको गीतले पनि यसअघि गतिलै चर्चा पाएको थियो। पल शाह र जुना सुन्दास अभिनित उक्त भिडियोको लोकप्रियताले हौसीएका किरणले यसपाली हास्यकलाकारलाई मोडलको रुपमा लिएका हुन्।

हास्य कलाकारको गतिलो छवि बनाएका उनीहरु म्युजिक भिडियोमा रक्षा श्रेष्ठ र जुना सुन्दाससँग देखिएका हुन्। ‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले रोमान्स गरेका छन्। भिडियोमा बले र कक्रोजको प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक (सितेबा) को अंगालोमा देखिएका छन्।

निकै मिठो बनेको गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ। डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ९स्माइल०को संगीत छ। उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफि छ । बसेल विगत एक दशक देखि कोरियोग्राफी गर्दै आएका छन्। उनले समेत यो भिडियो आशालाग्दो कामको रुपमा हेरेका छन्। भिडियो निशान घिमिरेले सम्पादन गरेका छन्।

The post बले र कक्रोजको गर्लफ्रेन्डलाई सितेबाले भगाएर लगेपछि…(भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.