काठमाण्डौ। आमा आज हजुरबाट म साधाका लागि टाढा जादै छु,संसारलाई आफ्नो बनाउन खोजे खोजे, तिम्रो सपना पुरा गर्न खोजे तर बिडम्बना मेरो जीवन त्यो भन्दा ठिक फरक भैदियो आज त्यसैले होला म मर्दै छु।” हो यस्तै कथामा जोडिएर चर्चित लोकदोहोरी गायक पुष्कल शर्माले अर्को मार्मिक लोक गीत “मुटु जलाई जलाई भाग-५:”फ्यान” बजारमा लिएर आएका छन।ठ्याक्कै एक वर्ष अगाडी यही दिन यही समय बजारमा पठाइएको गीत मुटु जलाई जलाई भाग-४”म मरेको छैन” बजारमा ल्याएका शर्माले अहिले फेरी अर्को मार्मिक गीत “फ्यान”बजारमा ल्याएका हुन्।
पछिल्लो समय बढेको आत्माहत्याको घटनालाई निर्मुल पार्ने र समाजमा भएका गतिविधिलाई फरक बनाउने हिसाबले शर्माले उत्क गीत बजारमा ल्याएको बताए। गीतमा शर्माको स्वर/लय र शब्दको साथमा म्यूजिक भिडियोमा पनि स्वयम् शर्माले अभिनय गरेका छन भने भिडियो भित्र अभिनयमा साथ् सारिका केसी,रश्मि भट्टले दिएका छन।पुष्कल शर्माकै निर्देशन रहेको उत्क म्यूजिक भिडियोमा शर्मा भने आत्महत्या गर्ने देखिन्छ र सोहि समय अन्य पात्रले उनको हत्या गरेको देखिन्छ। भिडियोमा सम्पादन भने चर्चित सम्पादक दिपक बिष्टको रहेको छ भने छायांकन सुरेश श्रेष्ठको रहेको छ। भिडियो हेर्नुहोस :
The post पुष्कल शर्माको हत्या कि आत्महत्या ?हेर्नुहोस भिडियो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.