श्रीमानको यादमा रुँदै म्यादीबाट बिदा भइन् लीला, भन्छिन्- ‘मन थाम्नै सकिनँ’ –

पर्वत : पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाकी ४७ वर्षीया लीलादेवी केसीलाई जीवनमा एउटै धोको थियो, आफ्नो श्रीमानले छाडेर गएको जिम्मेवारी पूरा गर्ने। उनी चाहन्थिन्, प्रहरी बनेर देशलाई थोरै भने पनि योगदान दिन सकुँ। तर, उमेरका कारण त्यो लगभग असम्भवजस्तै थियो। यद्यपि समयले उनलाई सपना पूरा गर्ने अवसर दियो।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा म्यादी प्रहरी बनेर सेवा गर्ने अवसर पाइन् उनले। शुक्रबार म्यादी प्रहरीबाट बिदा हुँदै गर्दा उनका आँखाभरी आँसु छचल्किए। प्रमाणपत्र लिएर रुँदै विदा भइन् लीला। प्रहरीमा रहेका उनका श्रीमानको मुलुकमा १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा मृत्यु भएको रहेछ। त्यसपछि उनलाई श्रीमानले गरेको राष्ट्रसेवाको काममा आफ्नोतर्फबाट पनि कुनै न कुनै योगदान गर्नुपर्छ भन्ने लागिरहेको थियो। उनी छोराछोरीलाई प्रहरीमा भर्ती गराएर भए पनि श्रीमानको योगदानलाई निरन्तरता दिन चाहन्थिन्।

समयले आफैँलाई त्यो योगदान गर्ने अवसर दिँदा उनको खुसीको सीमा नै थिएन। प्रमाणपत्र बुझेर नजिकै टेलाइरहेकी लीलाले आफूलाई श्रीमानको निकै याद आएको बताइन्। ‘आज मलाई आनन्द आएको छ। प्रहरीमा काम गरेको भनेर प्रमाण पत्र बुझ्न पाउँदा मन थाम्न्नै सकिनँ,’ उनले भनिन्, ‘मेरो श्रीमान भइदिएको भए कस्तो हुन्थ्यो? आज फेरि यो प्रमाणपत्रले उहाँकै याद आयो।’

बिदा हुने लाइनमा बसेकामध्ये कोही रहरले त कोही बाध्यताले म्यादीमा भर्ती भएका रहेछन्। पर्वतकै फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीका गणेश विकलाई पनि बच्चैदेखि प्रहरी औधी मन पर्थ्यो। ठूलो भएर प्रहरी बन्ने सपना साँचेका उनी सपना पूरा हुन नसकेपछि म्यादी प्रहरी बनेर प्रहरीको बर्दीमा सजिए। ‘भर्ती हुन सकिएन, विदेशमा थिएँ।

प्रहरीमा जागिर खाने धोको मेटाउन र देशको सेवा गर्न स्वदेश आएर म्यादीमा भर्ती भएँ। अब त चुनाव ५ वर्षपछि रे! त्यतिबेला आउनुपर्ला, फेरि विदैश नै जान्छु।’ कुश्मा नगरपालिका ५ घर भएका ५० वर्षीय दुर्गाबहादुर क्षेत्री पनि म्यादी प्रहरीमा भर्ती भएर सेवा गर्न पाएकोमा मख्ख रहेछन्। प्रहरीको भेषमा देशको सेवा गर्न पाउँदा निकै खुसी लागेको उनले सुनाए।

तर, उनलाई कतिपयले म्यादी प्रहरी भनेर हेपेको देख्दा भने दुःख लागेको रहेछ। ‘डिमुवा चौकीमा बसेर चेकिङ गर्दै थियौँ, त्यही बेलामा ठूलै मान्छे गाडीमा आएका रहेछन्। मैले सवारीका कागजपत्र माग्दा २ महिने म्यादीले नि यस्तो गर्ने? भनेर थर्काए,’ नमिठो मान्दै उनले सुनाए, ‘प्रहरीले उनलाई पक्राउ गरेर २ घण्टासम्म राख्यो र जरीवाना गरेर पठायो।’

बिदा हुँदै गरेका म्यादी प्रहरीमध्ये उमेरमा पाकाले घरमै बसेर दैनिक काम सम्हाल्ने र युवाले अब विदेश जाने बताए। निर्वाचनका लागि पर्वत जिल्लामा ९४ महिला र ६ सय ७० पुरुष गरी कुल ७ सय ६४ जना म्यादी प्रहरी भर्ती गरिएको थियो। उनीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यलयले एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्रसहित बिदाइ गरेको छ।

-साभार :थाहा खबर बाट

The post श्रीमानको यादमा रुँदै म्यादीबाट बिदा भइन् लीला, भन्छिन्- ‘मन थाम्नै सकिनँ’ – appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.