सडकमा भिख माग्ने वृद्धको खल्तीबाट निस्किए यस्ता कागजात, हवाइजहाज चढेर फर्किए घर

६ महिनादेखि सडकमा भिख माग्दै हिँडेका भिखारी वृद्धलाई सबैले केही नभएको व्यक्ति सम्झिरहेका थिए । तर, ती भिखारी वृद्ध करोडपति व्यापारी भएको खुलेको छ । ती वृद्ध भिख माग्दै अचानक एक कलेजमा पुगेपछि उनको पहिचान खुलेको हो । वृद्ध ६ महिनादेखि भारतको उत्तर प्रदेशको रायबरेलीमा भिख माग्दै गुजारा गरिरहेका थिए ।

ती वृद्ध भिख माग्ने सिलसिलामा अचानक कलेजमा पुगेपछि कलेजका संस्थापकले उनलाई खाना खुवाएर नुहाइदिए । त्यसपछि उनको कपडामा खोजतलास गर्दा उनको खल्तीबाट आधार कार्ड र १ करोड ६ लाख ९२ हजार ७३१ भारतीय रुपैयाँ (१ करोड ७० लाख नेपाली रुपैयाँ)को बैंकको मुद्दती खाताका कागजात भेटिए । आधार कार्डका आधारमा ती व्यापारी तामिलनाडुका करोडपति व्यापारी भएको पत्ता लागेको छ ।

रायबरेलीको स्वामी सूर्य प्रबोध परमहंस इन्टर कलेजका संस्थापक स्वामी भास्कर स्वरुप जी महाराजका अनुसार १३ डिसेम्बरका दिन ती वृद्ध भिखारीको भेषमा कलेज पुगेका थिए । वृद्धले आफू भोकै भएको इशारा गरेपछि संस्थापक भास्करले उनलाई खाना खुवाएर नुहाइदिए । कपाल काटिदिएपछि उनको कपडा धुनको लागि कपडाको खल्ती छाम्दा यी कागजात भेटिएका थिए । यी कागजात देख्दा त्यहाँ भएका सबै निकै आश्चर्यचकित भएको बताएका छन् ।

आधार कार्डबाट ती वृद्ध तामिलनाडुका करोडपति व्यापारी मुथया नादर भएको खुलेपछि उनको परिवारलाई खबर गरियो । जानकारी पाएपछि परिवार उनलाई लिन आए । वृद्धकी छोरी गीताका अनुसार गत जुलाइमा ट्रेनमा यात्रा गर्ने क्रममा उनी हराएका थिए । त्यसपछि उनको खोजी भइरहेको थियो ।

The post सडकमा भिख माग्ने वृद्धको खल्तीबाट निस्किए यस्ता कागजात, हवाइजहाज चढेर फर्किए घर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.