अनुष्का र विराटको विवाहको रौनक भारतमा पनि पुगेको छ ।
उनीहरु अहिले भोज दिन व्यस्त छन् । उनीहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि क्रिकेटर शिखर धवनसम्मलाई विवाह भोजको निम्तो दिएका छन् ।
अनुष्का र विराट आफ्नो विवाह भएकोमा निकै खुसी छन् । उनीहरुको यो खुसी पार्टीमा पनि देखिएको छ । पार्टीमा बजाइएको गीतमा अनुस्का विन्दास मुडमा नाचेको भिडियो भाइरल भएको छ ।
एउटा भिडियोमा उनी मुखमा नोट लिएर नाचिरहेको देखिएकी छिन् । यो भिडियोमा उनका देवर टीम इन्डियाका क्रिकेटर शिखर धवन देखिएका छन् ।
व्याकग्राउण्डमा गाना ‘मौजा ही मौजा’ बजिरहेको छ । शिखरले इन्टाग्राममा पार्टीको एउटा फोटो सेयर गरेर लेखेका छन् -‘सितारे आज आसमान से जमिन पर उत्तर आए, वाह क्या बात हे ।’
The post पार्टीमा देवरसँग विन्दास भएर नाचेपछि भाइरल भयो अनुष्काको भिडियो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.