ग्याँस उद्योगमा भएको आगलागीमा दुईको मृत्यु, ६ जना घाईते (तस्विरहरू सहित)

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा लागेको आगलागी नियन्त्रणमा आएको छ । ९ घण्टापछि आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी प्रवक्ता डिआईजी बाबुराम पाण्डेले जानकारी दिएका छन । उनका अनुसार भरेर राखिएका २ ट्रक ग्यास सिलिन्टर पड्किएको छ भने अझैं पनि ठाउँठाउँका आगोका ज्वालाहरु देखिइरहेका छन् ।

यद्यपी अब भने दमकलको सहायताले आगो निभाउन सहज देखिएको छ । यसअघि भीषण आगालागीका कारण सुरक्षाकर्मीसहितका दमकलको टीम एक किलोमिटर परै रोकिएका थिए । बिहान करीब ७ बजेको आसपासबाट सुरु भएको आगलागी अहिले दिउँसो ३ बजेयता नियन्त्रणमा प्रहरी भनाई छ । आगलागी नियन्त्रणमा आएपछि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी उद्योगभित्र प्रवेश गरेर क्षतिको विवरण संकलनका साथै आवश्यक काम थालेको छ ।

आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए । आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी रहेका छन् । यस्तै बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले बताए ।

सो आगलागीमा परी सख्त घाइते भएकामध्ये अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । प्लान्टमा ग्यास लिकिज भएर आगलागी सुरु भएको बताइएको छ । आगो नियन्त्रण बाहिर गएपछि प्रहरीले जगरनाथपुर सुखचैना लगायतका एक किलोमिटर वरिपरि रहेको बस्ती खाली समेत गराइएको छ । purbelinews बाट

The post ग्याँस उद्योगमा भएको आगलागीमा दुईको मृत्यु, ६ जना घाईते (तस्विरहरू सहित) appeared first on Taja nepali news.

http://ift.tt/2oV74E1
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.