निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना, शक्तिशाली मन्त्री हुन स्थानीयको शुभकामना

कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बीना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान सञ्चालन गरेकी छन् ।

मतदाताको मतको कदर गर्दै उनले गुनासो सम्बोधनका लागि घरदैलो अभियान शुरु गरेकी हुन् । बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको चवन्नी बजारमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले बेलडाँडी क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम जोड्ने दैजी—बेल्डाँडी सडक निर्माणको कार्य पहिलो प्राथमिकतामा रहेको बताइन् ।

उनले तुरुन्तै गुणात्मक तरिकाले सडकलाई कालोपत्रेमा परिणत गर्नका लागि अबका केही दिनमै कार्य अगाडि बढाउनका लागि प्रयत्न गरिने बताइन् ।

कार्यक्रममा बोल्दै स्थानीय महिला कमला गुर्धामीले पहिलोपटक दोब्बर बढी मतको अन्तरले जित्नु भएका मगरलाई सरकारको शक्तिशाली मन्त्री भएको हेर्न चाहेको बताइन् ।

उनले महिलाको हकहितमा धेरै भन्दा धेरै काम गर्नुपर्नेमा जोड दिइन् । स्थानीय मतदाताले तत्काल गाउँपालिका क्षेत्रमा इन्टरनेट सेवाबाट वञ्चित भएकाले यसका लागि कार्य बढाउनका लागि पहल गरिदिन माग गरे ।

मतदाताले उठाएका सबै माग शिरोधार्य गरेर अगाडि बढ्ने महिला नेत्री मगरको भनाइ थियो ।रासस

The post निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना, शक्तिशाली मन्त्री हुन स्थानीयको शुभकामना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.