फोब्र्स म्यागजिनले सार्वजनिक गर्यो धनी १० अभिनेताको सूची : अमिताभभन्दा शाहरूख धनी

फोब्र्स म्यागजिनले विश्वका सबैभन्दा धनी १० अभिनेताको सूची सार्वजनिक गरेको छ । उनीहरूको कुल सम्पत्तिको मूल्यसमेत खुलाइएको छ । विश्वका १० धनी अभिनेतामा दुईजना बलिउडका पनि परेका छन् ।

अभिनेता अमिताभ बच्चन र शाहरूख खान फोब्र्सले सार्वजनिक गरेको यो सूचीमा परेका हुन् । अमिताभभन्दा शाहरूख धनी अभिनेता भएको पनि फोब्र्सले देखाएको छ । सूचीमा अमिताभ विश्वकै चौथो धनीमा गनिँदा शाहरूख तेस्रो धनी अभिनेता बनेका छन् ।

बलिउडका अमिताभ प्लेब्याक सिंगर र कार्यक्रम प्रस्तोता पनि हुन् । भारतमा शताब्दीकै उत्कृष्ट अभिनेताको स्थान बनाएका उनीसँग पाँच सय मिलियन डलर अर्थात् ५१ अर्ब रुपैयाँबराबर सम्पत्ति रहेको फोब्र्सले जनाएको छ ।

बलिउडमा किङ खानको सम्मानले चर्चित शाहरूखसँग अमिताभको भन्दा धेरै सम्पत्ति छ । फिल्म निर्माता र कार्यक्रम प्रस्तोतासमेत रहेका उनीसँग ६ सय मिलियन डलर अर्थात् ६१ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति रहेको फोब्र्सले सार्वजनिक गरेको छ । नयाँ पत्रिकाबाट

The post फोब्र्स म्यागजिनले सार्वजनिक गर्यो धनी १० अभिनेताको सूची : अमिताभभन्दा शाहरूख धनी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.