बलिउडका चर्चित भिलेनका छोरीहरू जो बाबुकै पदचाप पछ्याउँदै

एजेन्सी, फिल्म उत्कृस्ट बन्नकालागि हिरो सँगै भिलेनपनि दमदार हुनु पर्छ । फिल्ममा जब भिलेनको कुरो आउछ तब सबैले क्रूर र भयानक छवि भएको  मानिसमात्र  हाम्रो मानसपटलमा घुम्ने गर्दछ ।

रिल लाइफमा जतिनै क्रूर र भयानक छवि  बनाए पनि  रियल लाइफमा भने निकै दयालु हुने गर्दछन । फिल्ममा अरुका छोरी चेलीलाई दुख दिएको र सताउन्दै गरेको देखिएपनि वास्तविक जीवनमा भने उनिहरु छोरी चेलीलाई निकै प्रेम गर्दछन ।

आज चर्चा गर्ने छौ बलिउडमा क्रूर र भयानक छवि बनाएका चर्चित भिलेनका छोरीहरुको बारेमा जे निकै सुन्दर रहेका छन् । जसको सुन्दरतामा बलिउडनै कायल छ ।

शक्ति कपूर र श्रद्धा कपूर

“क्राइम मास्टर गोगो” को रुपमा चर्चित शक्ति कपूरकी छोरी श्रद्धा कपूर जो बलिउडमा आफ्नो अभिनय कलालेस्थापित भइसकेकी छन् ।उनले अभिनय गरेको प्राय फिल्मले बलिउड बक्स अफिसमा निकै राम्रो व्यपार पनि गरेका छन् ।

राज बब्बर र जूही बब्बर

राज बब्बर बलिउडमा अब्बल अभिनेताको रुपमा चिनिने गर्दछन । हिरो तथा भिलेन दुवै खाले चरित्रमा अभिनय गरेका राज बब्बर आजकल भने राजनिति गर्ने गर्दछन । राज बब्बरकी जूही बब्बरले सन् २००३ मा बलिउडमा डेब्यु गरेपनि  उनको अभिनयले खासै चर्चा कमाउन सकेन । तर उनको सुन्दरताको चर्चा भने हुने गर्दछ ।

डैनी र रिनजिंग

बलिउडमा खतरनाक भिलेनको रुपमा निकै चर्चा कमाएका डैनी डेंग्जोंग्पाकी रिनजिग डेंग्जोंग्पा बलिउडमा डेब्यु गर्ने तयारीमा रहेको छन् । आकर्षक र सुन्दर रिनजिग हाल पढाईमा ब्यस्त रहेकी छन् ।

किरण कुमार र श्रृष्टि

अभिनेता किरन कुमारकी छोरी श्रृष्टि पनि बलिउडमा फेशन डिजाइनको रुपमा काम गर्ने गर्दछिन् । गुड लुक्सका कारण बेला-बेला चर्चामा आउने उनि फिल्ममा अभिनय गर्न भने चाहन्न । उनि भन्छिन म अभिनयकालागि बनेको होइन ।

The post बलिउडका चर्चित भिलेनका छोरीहरू जो बाबुकै पदचाप पछ्याउँदै appeared first on Taja nepali news.

http://ift.tt/2kT54Xn
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.