यी हिरोइनलाई दिए अक्षयले धोका, कसैसँग ‘सगाई’ कसैसँग बिहेको बाचा

मुम्बइ। अक्षय कुमार फिल्ममा मात्र ‘खिलाडी’ होइनन् । उनी वास्तविक जीवनमा पनि युवतीको विषयमा खेलाडी नै थिए । आज जन्मदिन मनाइरहेका अक्षय कुमारका विभिन्न युवतीसँगको अफेयरको विषयले निकै चर्चा पाउने गरेका थिए ।

अक्षय कुमारको रवीना टण्डन र शिल्पा शेट्टीसँगको अफेयर सबैभन्दा बढी चर्चाको विषय बन्यो । यी दुवै हिरोइनसँग अक्षयको अफेयर निकै लामो समयसम्म चल्यो । रवीना र अक्षयले १९९४ मा मोहरा फिल्ममा सँगसँगै काम गरेका थिए । यही बेलादेखि उनीहरु नजिकिएका थिए । अक्षयले रवीनासँग ‘सगाई’ पनि गरिसकेका थिए तर यो सम्बन्ध धेरै टिकेन । अक्षयले छोडेपछि रवीना डिप्रेसनमा गएकी थिइन् ।

शिल्पा शेट्टी र अक्षयको अफेयर पनि निकै चर्चामा रह्यो । अक्षयले शिल्पासँग पनि बिहेको बाचा गरेका थिए । ब्रेकअपपछि शिल्पाले अक्षयमाथि आफूलाई चाहिँदासम्म प्रयोग गरेको र पछि छोडिदिएको आरोप लगाएकी थिइन् । उनीहरुको सम्बन्ध अहिले सामान्य छ । अक्षयको नाम पूजा बत्रासँग पनि जोडियो । त्यतिबेला पूजा सुपरमोडल थिइन् र अक्षय संघर्ष गर्दै थिए । यतिबेला अक्षयले पूजाको सहाराबाटै बलिउठमा आफ्नो पकड बनाएपछि पूजाबाट टाढिए ।

अक्षयले आयशा जुल्कासँग फिल्म खिलाडीमा काम गरेका थिए । यतिबेलै उनीहरु नजिकिएका थिए । तर यिनीहरुको सम्बन्ध धेरै टिकेन । त्यसपछि खिलाडियोंका खिलाडीमा काम गर्दा अक्षयको नाम रेखासँग पनि जोडियो । यो सम्बन्ध निकै आश्चर्यलाग्दो थियो किनकि रेखा अक्षयभन्दा धेरै जेठी थिइन् ।

१९९९ मा आएको फिल्म इन्टरनेशनल खिलाडीको सुटिङका बेला उनी ट्वींकल खन्नासँग नजिकिए । दुवै निकै नजिकिएपछि अक्षयले बिहेको प्रस्ताव राखे जसलाई ट्वींकलले सहजै स्वीकारिन् । जनवरी २००१ मा उनीहरुले बिहे गरे । बिहेपछि पनि अक्षयका अफेयर बन्द भएनन् । २००४ मा ऐतराज फिल्मको सुटिङका क्रममा अक्षय प्रियंका चोपडासँग नजिकिए । यो अफेयरको चर्चा निकै चलेपछि ट्वींकलले अक्षयलाई प्रियंकासँग कुनै फिल्म नखेल्न भनेकी थिइन् ।dcnepal

The post यी हिरोइनलाई दिए अक्षयले धोका, कसैसँग ‘सगाई’ कसैसँग बिहेको बाचा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.