दसैंका लागि मंगलबारदेखि टिकट बुकिङ खुला/सेयर गरि सबैलाइ जानकारी गराऔ

काठमाडौं : लामो दुरी र मध्यम दुरीको सबारी साधनमा यात्रा गर्ने यात्रुले झिटी गुण्टा राख्न पाउने बिषयमा सहमति भएपछि आगामी मंगलबारदेखि दसैंमा घर जाने यात्रुका लागि अग्रिम टिकट काट्ने सुविधा सरकारले खुल्ला गरेको छ । यसअघि भदौं २२ गतेदेखि खोल्ने मौखिक सहमति भएपनि यात्रा गर्ने यात्रुको झिटी गुण्टा राख्ने बिषयमा सहमति हुन नसक्दा निर्धारित समयमा अग्रिम टिकट काट्ने सुविधा कार्यान्वयनमा आउन सकेको थिएन ।
शनिबार बसेको मन्त्रालयस्तरीय र विभागस्तरीय बैठकपछि सरकारी टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच तीन बुँदे सहमति भएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार सबारी साधनको छतमा कैरियर राखेर यात्रा गर्ने यात्रुको झिटी गुण्टा बोक्न पाउने बिषयमा सरकारले सहमति दिएपछि यातायात व्यवसायीले आगामी मंगलबारदेखि सबै क्षेत्रमा गुड्ने लामो र मध्यम दुरीको सबारी साधनको अग्रिम टिकट काट्ने सुविधा खुल्ला गर्ने बिषयमा सम्झौता गरेको हो ।

यो निर्णयसँगै यात्रुले कलंकी, गौशाला, नयाँ बसपार्क, सुनधारालगायतका स्थानबाट घर जान अग्रिम टिकट काट्न पाउने भएका छन् । शनिबार नै भौतिक योजना मन्त्री वीरवहादुर बलायत र राज्यमन्त्री सीता गुरुङ्गको उपस्थितिमा मन्त्रालयमा यातायात व्यवसायी र सरकारी टोलीबीच लामो छलफल भएको थियो ।
सवारी साधनको छतमा यात्रुको झिटी गुण्टा राख्न पाइने बिषयमा सहमति भएपछि यातायात व्यवस्था विभागमा पुनः दोश्रो पटक बसेको बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारी टोलीबीच लिखित सहमति भएको हो ।

सरकारी टोलीले सबारी साधनको छतमा यात्रु चढाएका कारण दुर्घटना निम्तिएको बहानामा छतमा यात्रुको झिटी गुण्टा राख्न नपाउने बिषयमा गत् बर्षको असोजमा अव्यवहारिक निर्णय गरेको थियो । जसका कारण सामान्य ट्याक्सीदेखि मध्यम र लामो दुरीका सबारी साधनको छतमा रहेका यात्रुको झिटी गुण्टा राख्ने कैरियर हटाउन लगाइएको थियो । जसका कारण सामान सहित यात्रा गर्ने यात्रुहरुले निक्कै सास्ती व्यहोर्न बाध्य भएका थिए । यात्रुको सामान नबोक्न पाइने सरकारी नीतिका कारण यात्रुले आफ्नो भाडाभन्दा तेव्वर रकम दिएर सामानसहित आफ्नो गन्तव्यसम्म जानुपर्ने बाध्यता थियो । यस्तै घर जाने यात्रुहरुको झिटी गुण्टा(सरसामान) सबारी साधनको छतमा कैरियर राखेर बोक्ने पाउने बिषयमा पनि द्विपक्षिय सहमति भएको छ । यात्रुको झिटी गुण्टावाहेक व्यापारिक प्रयोजनका सामाग्री र यात्रुलाई राखेको अवस्थामा उक्त सबारी साधनको सञ्चालनसम्बन्धी इजाजतपत्र नै खारेज गर्ने बिषयमा पनि सहमति भएको छ ।

सबारी साधनको छतमा यात्रुको झिटी गुण्टाबाहेक व्यापारिक प्रयोजनका सामाग्री र यात्रु चढाएको खण्डमा त्यस्ता साधानबाट पाँच हजारभन्दा बढी आर्थिक जरिवाना गराउने बिषयमा सहमति भएको छ । सबारी साधनमा यात्रुको झिटी गुण्टा राख्ने पाउने बिषयमा सहमति भएसँगै अब कालो प्लेटको यात्रुवाहक साना ट्याक्सीदेखि माइक्रो, जिप, मिनी बस र ठूला बसले कैरियर राख्न पाउने बाटो पनि खुला भएको छ । लामो दुरी र मध्यम दुरीको सबारी साधानको छतमा यात्रुको झिटी गुण्टा वाहेक यात्रु चढाएको र व्यापारिक प्रयोजनको सामाग्री राखेको अवस्थामा यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र ट्राफिक प्रहरीले कडा कारवाही गर्नुको साटो छतमा झिटी गुण्टा नै बोक्न नपाउने अप्रिय निर्णय गरेको थियो । ‘सरकारले आफ्नो जिम्मेबारी पुरा नगरी दुर्घटनाको बहानामा यात्रुलाई सास्ती दिन पाउँदैंन्,’ उपभोक्तावादी प्रेमलाल महर्जनले भने,‘छतमा यात्रु चढाएको र व्यापारिक प्रयोजनका सामाग्री राखेको अवस्थामा नियमनकारी निकायले त्यही कडा कारवाही गर्न सक्नुपर्छ ।

नियमनकारी निकाय आफै प्रत्येक चेकिङ्ग पोस्टमा सबारी साधनबाट सयदेखि पाँच सय रुपैयाँ असुल गरेका कारण दुघर्टना निम्तने गरेको छ । दुर्घटनामा यातायात व्यवसायी र सरकारी नियमनकारी टोली दुवै बराबरको भागिदारी भूमिका खेल्दै आएका छन् ।’ ‘तीन बुँदे सहमति पश्चात अग्रि म टिकट काट्ने सुविधा मंगलबारदेखि खोल्ने बिषयमा सम्झौता भयो । यो बर्ष पनि यात्रुले सहज रुपमा टिकट पाउने व्यवस्था गरेका छौं,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलराज खनालले भने । उनकाअनुसार पछिल्लो पाँच बर्षदेखि यात्रुवाहक सबारी साधनको बैज्ञानिक भाडा दर समायोजन नभएको बिषयमा निरन्तर रुपमा थप अध्ययन गर्ने पनि सरकार र यातायात व्यवसायीबीच सम्झौता भएको छ । खनालकाअनुसार लामो तथा मध्यम दुरीका सम्पूर्ण यातायात व्यवसायीलाई छतमा यात्रु चढाउन र व्यापारिक सामान नपाउने पत्राचार गरिएको छ ।

The post दसैंका लागि मंगलबारदेखि टिकट बुकिङ खुला/सेयर गरि सबैलाइ जानकारी गराऔ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.