कीर्तिमान तोड्दै १४ वर्षे किशोरले उडाए जहाज

मानिस कति वर्षको उमेरमा पाइलट बन्न सक्ला ? युएईका एक किशोर भने १४ वर्षकै उमेरमा पाइलट बनेर रेकर्ड कायम गरेका छन् ।

भारतीय मूलका मंसूर अनिस विश्वको सबैभन्दा कम उमेरको पाइलट बनेर कीर्तिमान राखेका हुन् ।

मन्सुरले हालै सेसना १५२ नं. को उडानमा रहेको जहाज भन्डै १० मिनेटसम्म एक्लै उडाए । त्यसक्रममा उनले पूर्ण अनुभवी पाइलटले जस्तै जहाज ह्याण्डल गरेका थिए । यो कीर्तिमानी कार्यसँगै उनलाई प्रशिक्षार्थी पाइलटको लाइसेन्स मिलेको छ ।

उनलाई पाइलट प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षार्थी पाइलटको लाइसेन्स दिएको हो । मन्सुरका बुवा भारतको नागपुरका बासिन्दा हुन् भने काका पाइलट हुन् ।

मन्सुरलाई सानैदेखि हवाइजहाजमा निकै चाख थियो । उनले खेलौना पनि हवाइजहाज वा हेलिकप्टरकै चलाउने गर्थे र एकदिन पाइलट बन्ने सपना देखेका थिए । अन्ततः लामो प्रशिक्षणपछि उनले १४ वर्षकै उमेरमा पाइलट बनेर कीर्तिमान कायम गरेका छन् । यसअघि जर्मनीका किशोरको नाममा रहेको यो कीर्तिमान मन्सुरले भंग गरेका हुन् । एजेन्सी

The post कीर्तिमान तोड्दै १४ वर्षे किशोरले उडाए जहाज appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.