राधिका माझी उमेरले भर्खर २१ बर्ष पुगिन् । तर उनको विहे भएको ५ वर्ष पुरा भयो । घरमा उनी,श्रीमान र दुई बर्षकी छोरी छन् । सम्पत्तिको नाममा एउटा सानो घर छ । ज्याला मजदुरी गरेर गुजाराचल्छ ।
दुवै श्रीमान् श्रीमति घर बनाउने श्रमिक हुन् । दुईजनाले दिनमा १ हजार कमाउँछन् । राधिकालाई अहिलेको काम प्रति कुनै गुनासो छैन । तर आफ्नो गाउँबाट कोहि महिला विदेश जाने रे भन्ने सुन्दाउनको खुट्टा थरथर काँप्छ । भक्कानिएर रुन मन लाग्छ । शरीर भारी हुन्छ अनि विदेश नजानुसदुःख हुन्छ भन्न मात्र मन लाग्छ । त्यहाँ पुगेर आफूले कुटाई खाएको, लुटिएको कुरा सुनाएर विदेशजान ठिक्क परेकाहरुलाई विदेश जानबाट रोकौं भन्ने पनि लाग्छ । तर उनलाई घर परिवार, समाजलेके भन्ला ? आफू लुटिएको कुरा बताएर कसरी बस्न सकिएला भन्ने त्रासले बोल्न रोक्छ । आफ्नोभविष्य सम्झेर उनी चुप लाग्छिन् ।
विदेश जानु अघि
१६ बर्षकी थिइन् राधिका । गाउँमा काम गर्न जाने क्रममा उनको एक युवासँग भेट भयो । मायाबस्यो । भागेर विहे गरे उनीहरुले । यसरी नै दुई बर्ष वित्यो । उमेर हुँदै केहि कमाउने दवाव बढ्दैगयो । गाउँका अरु पनि विदेश गएको देखेकी राधिकालाई पनि विदेश जाउँ-जाउँ लाग्न थाल्यो ।श्रीमानसँग सल्लाह गरिन् । ज्याला मजदुरीको कामबाट त्यति सन्तुष्ट नरहेका उनका श्रीमानले पनिविदेश जानु नै उचित ठाने । धेरै कमाउने आशाले राधिकाको मनमा डेरा जमायो ।
उनले माईतीमा भाउजुलाई आफू विदेश जाने मनस्थीतीमा रहेको कुरा सुनाईन । भाउजुको माईतीनजिकैकी एकजना ‘दिदी’ले विदेश पठाउने गरेको र उनी मार्फत गए राम्रो कमाई हुने कुरा भाउजुमार्फत सुनिन् राधिकाले । त्यसैले तिनै ‘दिदी’ मार्फत भारतको बाटो भएर लागिन् उनी विदेश ।दिल्लीमा वित्यो पहिलो महिना, भिषा पर्खेर ।
दिल्लीमा नै केहि आशंका थपियो । ति ‘दिदी’ले दिल्लीमा एकजना भारतीय व्यक्तिको जिम्मालगाईन् उनलाई । दिल्लीमा आफूलाई गरिएको व्यवहारले गर्दा विदेश नजाने निर्णयमा पुगिसकेकीथिईन् । उनी तर घर फर्किने कुनै उपाय थिएन । एउटा कोठामा बन्धक बनाएर राखिएको थियो ।झिनो आशा थियो सायद विदेश गए पछि उनको जीवनमा परिवर्तन आउने छ भन्ने । त्यसैलेविदेशको बाटो हिंडिरहिन् उनी ।
एक महिनाको दिल्ली बसाईपछि उनी पुगिन् युएई । त्यहाँ पुगेपछि पनि एउटा कोठामा राखियो ।त्यहाँ उनी लगायत अरु धेरै नेपाली दिदीबहिनी थिए । युएई पुगेपछि आफु नराम्रो ठाउँमा आईपुगेंजस्तो लाग्न थाल्यो राधिकालाई ।
युएईमा उनी १५ दिन बसिन् । त्यसपछि उनी कुवेत पुर्याइन् । त्यहाँ पुगेपछि एउटा घरमा काम गर्नपठाइयो । सो घरका सदस्यले उनलाई नराम्रो व्यवहार गर्न थाले । काम गरेको चित्त नबुझेपछि घरमालिक्नि पिट्न आउँथिन् । न पेटभरी खाना थियो, न त रातमा निन्द्रा नै । राती २ बजेसम्म पनि सुत्नेटुङ्गो हुँदैनथ्यो । बिहान ४ बजे उठ्नै पर्ने नत्र कुटाई खानु परिहाल्थ्यो ।
एउटा गिलास फुट्दाको यातना
धेरै कमाउने आशा लिएर विभिन्न ठक्कर खाँदै कुवेत पुगेकी राधिका त्यहाँको भाषा बोल्नजान्दिनथिन् । काम गर्ने क्रममा उनको हातबाट एउटा गिलास भुईमा खस्यो । त्यो गिलास फुटेकोनिहुँमा घर मालिक्निले बेसरी पिटिन् । पीडाले चिच्याउँदा अझ धेरै कुटाई खाइन् उनले । कुटाईबाटज्यान थिलथिलो भएको थियो । उनले न काम गर्न सकिन्, न त उनले खान नै पाईन् । आठ दिनसम्मउनी भोकै बसिन् । उनको खुटृा पुरै सुनिएको थियो । अव त उठेर हिडडुल गर्न पनि नसक्ने भएकीथिईन् राधिका ।
काम गर्न नसक्ने अवस्थामा पुगेपछि घरमालिकले राधिकालाई अफिसमा लगेर बुझायो । त्यहाँपुगेपछि उनले बल्ल खाना खान पाईन् । घरबाट हिंडेको लगभग दुई महिना पछि उनले श्रीमानलाईरुँदै फोन गरिन । भारतमा रहँदा श्रीमानसँग कुरा भएको थियो । त्यसपछि उनको श्रीमानसँग त्योदोस्रो पटक भएको कुराकानी थियो ।
श्रीमतीले रुँदै फोन गरेपछि उनका श्रीमान श्रीमतीलाई नेपाल झिकाउन त्यहि विदेश पठाउनेदिदीलाई भेट्न गए । उनले हुन्छ हुन्छ भन्दै टारिरहिन् । तर राधिका आउने अत्तो पत्तो भएन ।प्रहरीको सहयोगमा मानव बेचबिखनको मुद्धा दायर गरि विदेश पठाउने ति एजेन्ट महिलालाईपक्राउ गरियो । त्यसको ११ दिनपछि उनी नेपाल फिर्ता भईन ।
राधिकालाई आफु बाँचेर नेपाल फर्किन्छु भन्नेसम्म पनि लागेको थिएन । घर फिर्ता भएपछि पनि केहिसमय त बिदेशको पिडा सम्झेर नै बिते राधिकाको दिनहरु । तर आजभोली भने उनी नियमितआफ्नो त्यहि ज्याला मजदुरीको काम गर्छिन ।
गाउँबाट कोहि महिला बिदेश जाने भन्ने सुन्दा उनलाई आफ्नो घाउमा नुनचुक छरेजस्तै हुन्छ ।आफूले खाएको कुटाई, भोगेको यातना ताजा भएर आउँछ । त्यसैले उनी विदेश नजानुस्, आफ्नैदेशमा केहि गर्नुस् भन्छिन् । उनका कुरा सवैजसोले सुन्छन् तर बिदेश नजाने निर्णय चाहिं गर्दैनन् ।यो देख्दा अझ धेरै पीडा हुन्छ राधिकालाई ।
americanepal
The post म त बाँचेर फर्किएँ, भो तपाई चाहिं नजानुस् विदेश’ -राधिका माझी appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.