हेलिकप्टर चार्टर गरी काठमाडौं ल्याइएकी सुत्केरीको मृत्यु ! परिवारमा पिडा थपियो !!

कालिकोट, मङ्सिर २७ !!
कालिकोटबाट उपचारका लागि काठमाडौं रिफर गरिएकी एक सुत्केरी महिलाको शिक्षण अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको खाँडाचक्र नगरपालिका-१ बस्ने ३१ वर्षीया चन्द्रा शाही रहेकी छन् ।

उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । कालिकोट जिल्ला अस्पतालमा सुत्केरी गराउने क्रममा अत्यधिक रक्तश्राव भएपछि काठमाडौं रिफर गरिएकी उनको अस्पताल पुर्याउनासाथ मृत्यु भएको आफन्त धिरेन्द्रबहादुर शाहीले जानकारी दिए । राति हेलिकप्टरको व्यवस्था नभएको र बिहान खराब मौसमका कारण उडान ढिलो भएकाले उपचार अभावमा शाहीको मृत्यु भएको उनको भनाइ छ ।

सुत्केरी महिलाको उपचारमा संलग्न जिल्ला अस्पताल कालिकोटका डा.कौशल अलीका अनुसार गर्भवती भएको ४२ हप्तासम्म पनि सुत्केरी व्यथा नलागेपछि औषधि दिएर पाठेघरको मुख खोलिएको थियो । तर, यति गर्दा पनि बच्चा नजन्मिएपछि शल्यक्रिया गरिएको थियो । कालिकोट जिल्ला अस्पतालको तथ्यांकअनुसार यस आर्थिक वर्षमा सुत्केरी हुन आएका जम्मा १ सय ६३ जना महिलामध्ये हेलिकप्टरमार्फत् तीन जना र गाडीबाट १ जना गरी चार जनालाई रिफर गरिएको देखिन्छ ।

The post हेलिकप्टर चार्टर गरी काठमाडौं ल्याइएकी सुत्केरीको मृत्यु ! परिवारमा पिडा थपियो !! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.