प्रचण्डकी बुहारी बिना मगर भारी मतले निर्वाचित

भीमदत्तनगर। कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित हुनुभएको छ ।

उहाँले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतअन्तरले पराजित गर्नुभएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार निर्वाचित बिनाले ३८ हजार ४६७ र नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गर्नुभएको छ ।

यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा ‘क’मा नेकपा (एमाले) का अध्यक्ष तारालामा तामाङ प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो । २०७० सालको संविधानसभाको निर्वाचनमा मगर काँग्रेसकी विष्टसँग पराजित हुनुभएको थियो ।

The post प्रचण्डकी बुहारी बिना मगर भारी मतले निर्वाचित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.