दुबईमा काम गर्न जानकै लागि प्रहरीको जागिर छोडिन् केसरीले

काठमाडौं । दुबईमा रोजगारीकै लागि एक महिलाले नेपाल प्रहरीको जागिरबाट राजीनामा गरेकी थिइन् । नेपालकी प्रतिभाशाली एथलिट केशरी चौधरी अन्ततः विदेशिएकी छिन्। उनी नेपाल प्रहरीको जागिर छोडेर दुबई पुलिसमा काम गर्न बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडीसकेकी छन् ।

उनले दुबईमा रोजगारीका लागि जानुअघि नेपाल प्रहरीको जागिरबाट राजीनामा गरेकी थिइन् । उनले आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई दसौं पल्ट तोडेकी थिइन् । उनले २००९ मा बर्लिनमा भएको विश्व च्याम्पियनसिपमा सय मिटर दौडमा पनि भाग लिएकी थिइन्।

नेपालले सन् २००८ मा एसिसी युथ–१९ महिला च्याम्पियनसिपको उपाधि जित्दा उनी अलराउन्डरको भूमिकामा थिइन्। २०६७ सालदेखि नेपाल प्रहरीमा कार्यरत केशरीको नाममा अहिले पनि हाइ जम्प, लङ जम्प, ट्रिपल जम्प र सय मिटर हर्डलमा राष्ट्रिय कीर्तिमान छ।

दुबईमा केशरीको तलब करिब १ लाख १२ हजार हुने बताइएको छ । २६ वर्षीय केशरीले बंगलादेशको ढाकामा भएको एघारौं दक्षिण एसियाली खेलकुददेखि साग गेम्समा अनवरत भाग लिँदै आइरहेकी थिइन् । news24nepal.tv

The post दुबईमा काम गर्न जानकै लागि प्रहरीको जागिर छोडिन् केसरीले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.