एजेन्सी – विवाह बन्धनमा बाँधिएका भारतीय क्रिकेटका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विवाह खर्चले फेरी बलिउड तताएको छ । इटालीमा गएर बिहे गरेको यो जोडीको विवाहमा एक अर्ब भारतीय रुपैयाँ खर्च भएको अनुमान गरिएको छ।
यसमा अझै भारतको मुम्बई र दिल्लीमा दिने पार्टीको खर्च पनि जोडिएको छैन् ।भारतीय सञ्चार माध्यमका अनुसार इटालीको एक रिसोर्टमा भएको विवाहमा जाने एक जना पाहुनाका लागि उनीहरूले एक करोड भारतीय रुपैयाँ खर्च गरेको बताइएको छ ।
उनीहरूको विवाहका लागि ४४ जना आफन्त इटाली पुगेका थिए। उनीहरू एक हप्ता इटालीमा बसेका थिए।इटालीमा नै मन्दिर स्थापना गरेका एक जना भारतीय पुजारीले उनीहरूको विवाह गराएका थिए भने विवाहलाई हिन्दू परम्परामा ढाल्न बाजागाजा, पञ्जावी नृत्यलगायत सबै व्यवस्था गरिएको थियो।
The post विराट कोहली र अनुष्काको बिहेका दर्जनौँ रहस्य खुल्दै, विबाहमा इटाली गएका एक जना पाहुना बराबर एक करोड भारु खर्च ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.