भोकै बसेर दाजुले बहिनीलाई ‘अनमोल उपहार’, वास्तविकता बुझ्दा रसाउँछन् आँखा

एक मजदूर दाजुले आफ्नी बहिनीलाई जीवनकै अनमोल उपहार दिएका छन् । उनले आफ्नी बहिनीलाई यस्तो उपहार दिए त्यो लामो समयसम्म अनुपम उदाहरण बनेर रहनेछ । भारतको वाराणसीका ती दाजुले आफ्नी बहिनीलाई रक्षाबन्धनको उपहारस्वरुप यस्तो उपहार दिएका हुन् । मुन्ना नाम गरेका ती मजदूर दाजुले आफ्नी बहिनीलाई शौचालय (इज्जत घर) उपहार दिएका हुन् ।

यो उपहार दिएसँगै उनले यहाँको प्रशासनको तर्फबाट दिइने ‘भाइ नम्बर १’को उपाधिसमेत जिते । उनलाई अहिले स्थानीय प्रशासनले ससम्मान पुरस्कृत गरेको छ । उनले बहिनीलाई उपहार भने रक्षाबन्धनमै दिएका थिए । वाराणसीको बडागाँव निवासी मुन्नाकी बहिनी नगीना १७ वर्षकी छिन् र उनी दृष्टिविहीन हुन् । मुन्नाका अनुसार बहिनीलाई घरमा शौचालय नहुँदा शौचको लागि बाहिर जानुपथ्र्यो । यसरी जाँदा कुनै दुर्घटना वा अन्य कुनै गलत काम हुन सक्ने भएकोले मुन्नाले झण्डै ६ महिना भोकभोकै ओभरटाइम गरे । रक्षाबन्धनको विदाका स्वयं गाउँ आएर मिस्त्रीसँग मिलेर शौचालय बनाए ।

बहिनी नगीनाका अनुसार उनले आँखाले नदेख्ने हुँदा शौच गर्न जाँदा डर लागिरहन्थ्यो । दाजु मुन्नाले उनसँग रक्षाबन्धनमा खास उपहार दिने बताएका थिए । त्यही बाचाअनुसार उनले शौचालय बनाएर बहिनीलाई गिफ्ट दिए । नगीनाको आँखामा उनी ४ वर्षकी हुँदा संक्रमण भएपछि विस्तारै उनी नदेख्ने भएकी थिइन् । उनको आँखाको अपरेशन गर्नको लागि ४ लाख रुपैयाँ खर्च हुने डाक्टरले बताएको आमा हीरावतीले बताइन् । मुन्ना अहिले बहिनीको उपचारको लागि पैसा जुटाउन काममा गइसकेका छन् ।

The post भोकै बसेर दाजुले बहिनीलाई ‘अनमोल उपहार’, वास्तविकता बुझ्दा रसाउँछन् आँखा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.