अभिनेत्रीकी छोरीले सुरु गरिन् आमाकै पुरानो काम

काठमाडौं । बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपुरले आफ्नी आमाको मार्ग रोजेकी छन् । अब उनी पनि नायिकाका रूपमा बलिउड फिल्ममा आउने भएकी छन् ।

उनी यतिबेला नयाँ फिल्म ‘धड्क’ को छायांकनमा व्यस्त छिन् । करण जौहरले जाह्नवीलाई बलिउडमा डेब्यु गराउन लागेका हुन् । यो फिल्ममा जाह्नवीसँग इशान खट्टर पनि डेब्यु गर्दै छन् ।

केही सयमअघि नै करणले यो फिल्मको ‘फस्ट लुक्स’ सार्वजनिक गरेका थिए । उनले फिल्मको छायांकन केहीदिन यताबाट भारतको उदयपुरमा भइरहेको छ ।

करणले फिल्मको जाह्नवी र इशानका केही तस्बिर पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यो फिल्मलाई उनले आगामी ६ जुलाईमा विश्वव्यापी रिलिज गर्ने भएका छन् ।

यो फिल्ममा जह्नवीकी आमाको भूमिकामा श्रीदेवी आफैं देखिने भएकी छन् । फिल्मलाई सशांक खेतानले निर्देशन गरिरहेका छन् ।

हम्पटी शर्माकी दुल्हनियाँ र बद्रीनाथकी दुल्हनियाँजस्ता फिल्म निर्देशन गरेका सशांकले यसपटक यी टिनएजर्स कलाकारलाई डेब्यु गरेका छन् । मराठी भाषाको सुपरहिट फिल्म ‘सैराट’लाई करण जौहरले रिमेक गरेर धडक बनाइरहेका छन् । – एजेन्सी

The post अभिनेत्रीकी छोरीले सुरु गरिन् आमाकै पुरानो काम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.