पुलबाट खस्न लागेको गाडीलाई हातैले रोके यी प्रहरीले !

काठमाडौं, १७ मंसिर — बेलायतको पश्चिम योर्कशायरमा सडक प्रहरी अधिकारी मार्टिन विलिसले सडक दुर्घटनापछि पुलबाट खस्न लागेको एउटा भ्यानलाई हातैले रोकेका छन् ।

पश्चिम योर्कशायरमा दश वर्ष सेवा गरिसकेका विलिसले बिहान पौने ६ बजेतिर ए१ सडकमा गाडीहरू ठोक्किएको खबर पाएको प्रहरीले बयान दियो । घटनास्थलमा पुग्ने पहिलो प्रहरी अधिकारी विलिस नै थिए र उनले इभेको भ्यान पुलको रेलिङमा ठोक्किएर तल खस्नै लागेको लागेको देखे ।

‘मैले पुलको रेलिङमा झुण्डिरहेको भ्यान देखेपछि कन्ट्रोल रूमलाई फोन गरेर यहाँ गम्भीर घटना भइरहेको छ भनें । मैले गाडीलाई उद्धार गर्नका लागि प्रयास गर्दा एकजना लरी चालकले भ्यानभित्र एकजना छन् है भनी चिच्याए,’ विलिसले भने ।

‘मैले दुर्घटनामा परेका व्यक्तिलाई नडराउन भनें अनि म तिमीलाई बाहिर निकाल्छु भनें । जे गरेपनि नहल्लिनू भनें मैले । त्यसपछि मैले पछाडिको चक्का समातें र पछाडितिर तानें जसले गर्दा भ्यान सन्तुलनमा आयो । मैले त्यहाँ पूरै १५ मिनेट बिताएँ हुँला ।’

भ्यानमा बसेका एकमात्र व्यक्तिको गोडामा गम्भीर चोटपटक लागेको थियो जसकारण उनी भ्यानबाट भाग्न सक्दैनथिए र गाडीमा उल्टो गरी झुण्डिएका थिए ।

पश्चिम योर्कशायर उद्धार कार्यालयका अधिकारीहरू घटनास्थलमा आएर ती २२ वर्षीय चालकको उद्धार गरेर लीड्स अस्पताल लगे ।

‘यो डरलाग्दो स्थिति थियो तर हाम्रो जागिरको यो वास्तविकता हो,’ विलिसले भने, ‘कहिलेकाहीँ जोखिम पनि मोल्नुपर्छ र कसैलाई सहायता गर्न हिचकिचाउनुहुन्न ।’

एजेन्सी

The post पुलबाट खस्न लागेको गाडीलाई हातैले रोके यी प्रहरीले ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.