स्वरको मात्र धनि होइनन सोचको पनि धनि रहेछन सागर आले; नपत्याए हेर्नुस यो भिडियो(भिडियो अन्तर्वार्ता)

नेपाल आइडलका टप ४ प्रतिष्पर्धी सागर आले मगर पछिल्लो समय सबैभन्दा चर्चा बटुल्न सफल गायक हुन्। नेपाल आइडलबाट बाहिरिने बित्तिकै भ्याई नभ्याई भएका सागर आजकल समेत उत्तिकै व्यस्त छन। लोक गीत समेत गाउन सागरको बिदेशमा बस्ने नेपालीहरु मात्र नभई गाउँ गाउँसम्म फ्यान बढीरहेको देख्न सकिन्छ । विभिन्न स्टेज प्रोग्रामको लागि उनी देश तथा बिदेशमा आफ्नो चमत्कारिक कला प्रस्तुत गरिरहेका छन।

बेलायतमा कन्सर्ट गरेर बिहिबार मात्र फर्किएका सागरले अष्ट्रेलियाका नेपाली संगीतकार टिका दाहालको ‘गालामा म्वाई खाइदेउ’ बोलको गीत रेकर्डिङ सकाएका छन। गीतमा नेपाल आइडलका अरु दुई गायक सुरज थापा र राहुल बिश्वाशको स्वर रहेको छ भने रमेश दाहालको शब्द रहेको छ। पिएनपिखबरसँग कुरा गर्दै सागरले जीवनमा आमा, बालबच्चा लगायत धेरैसँग म्वाई खाएको बताए ।

उनले अहिलेसम्म प्रेममा नपरेको भन्दै अरुको माया पाउँदा धेरै खुशी लाग्ने बताए। भिडियो कल गर्दा मायाले रुनेसम्म फ्यानहरु भएको उनले बताए । ‘पल्ला घरकी कान्छी’, ‘सालैजो’, ‘बिर्सने गारो भो’ पछि आगामी दिनमा चलचित्र लगायत दर्शकको चाहनाअनुसार सबै जनाराको गीत दर्शकमाझ ल्याउने सागरले बताए । संघर्षका दिन सम्झदै उनले विभिन्न कार्यक्रममा जीतको नजिक पुगेर पनि फालिदा विभिन्न सोच आउने गरेतापनि नेपाल आइडलबाट बाहिरिएपछि भने दर्शकको अपार माया पाउँदा आफु उत्साहित बनेको बताए ।

खुशीको लागि पैसा मात्र नचाहिने भन्दै उनी आफ्नो खुशी नै संगीतमा भएको बताउछन। स्वरका मात्र धनि होइनन सागर उनी साचिकै मनको पनि धनी छन।

The post स्वरको मात्र धनि होइनन सोचको पनि धनि रहेछन सागर आले; नपत्याए हेर्नुस यो भिडियो(भिडियो अन्तर्वार्ता) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.