चर्चामा नेपाली सेनाका पूर्व सैनिक : जसले झार्छन् सर्पको विष, बचाइसके २ सय बढीको ज्यान

नवलपरासी, ४ पुस -यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बन्नुभएको छ । थापा भारतीय सेनाका पूर्व कर्मचारीसमेत हुनुहुन्छ ।

विसं २०५४ देखि आफ्नै घरमा सो सेवा दिँदै आउनुभएका थापाले हालसम्म सर्पले डसेका करिब २०० भन्दा बढी बिरामीलाई कुशलतापूर्वक सफल उपचार सेवा दिइसक्नुभएको छ । भारतीय सेनामा रहँदा चिकित्सा तालीम र आयुर्वेदमा उपवैद्य तालीम लिई प्राप्त ज्ञानलाई आफूले उपयोग गरेको थापाको भनाइ छ ।

सेवा प्रदान गर्दै आएका थापाको भनाइ छ । विषालु सर्पले लिन लागेको जीवन निःशुल्क रुपमा बचाउँदा आफूलाई आनन्दको महसुस हुने ६३ वर्षीय थापाको भनाइ छ ।

सामान्य घरेलु उपचार पद्धतिबाट हालसम्म आफूसँग आएका सबै बिरामीलाई सफल उपचार गराउँदै आएको थापाको जिकिर छ । आफ्नो कामबारे प्रचारप्रसार गरिदिन राष्ट्रिय समाचार समिति (रासस) जिल्ला सम्पर्क कार्यालय नवलपरासी आइपुग्नुभएका थापाले यसबारे सबैलाई जानकारी प्रदान गरी सहयोग गर्न आग्रह गर्नुभयो ।

थापाको मोबाइल नं ९८०४४९१९४१ छ । आफ्नो यस प्रकारको सीपबारे नेपाल सरकारलाई समेत अवगत हुनुपर्ने थापाको तर्क छ । “आजसम्म मसँग सबै विषालु सर्पले टोकेर आएका मकहाँ आएका सबै बिरामीलाई मैले शतप्रतिशत निको बनाएको छु”, थापाले भन्नुभयो ।

The post चर्चामा नेपाली सेनाका पूर्व सैनिक : जसले झार्छन् सर्पको विष, बचाइसके २ सय बढीको ज्यान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.