बच्चासँगै हुर्किंदै तीन सन्तानकी १९ वर्षीया आमा

आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै÷रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा हुर्किंदै छिन् । १९ वर्षीया उनी आफैं बालापनमा छिन् । निरक्षर उनले अज्ञानताका कारण १३ वर्षमै बालविवाह गरिन् । आमामा हुनुपर्ने गुण उनमा कमै छ तर १७ वर्षको उमेरमा तीन बच्चाका आमा बनिसकिन्। नाबालक छोराछोरीलाई पोषणयुक्त खानेकुरा खुवाउने र आफूले पनि पोसिलो खाना खानुपर्छ भन्ने ज्ञान उनमा छैन । उनको सरल बुझाइमा स्तनपान गराउनु नै आमाको जिम्मेवारी हो, जो गर्दै आएकी छन् ।

स्याबुन-५, देउराली संखुवासभाका फुर्तेम्बा शेर्पासँग २०६८ सालमा निमछिकीको बिहे भएको थियो । उनका श्रीमान् अढाई वर्षदेखि खाडी मुलुकमा छन् । पाँच वर्षीया छोरी निमलमु, तीन वर्षीय छोरा तेन्जी र डेढ वर्षीय छोरा लाक्पाको जिम्मेवारी एक्लो निमछिकीको काँधमा छ । जीविकाका लागि दिनभर मजदुरी र साँझबिहान घरको कामले व्यस्त बन्ने उनी बालबच्चाको स्याहारसुसारमा समय दिन पाउँदिनन् । यस्तो लाग्छ, ‘भगवान्’ले नै तिनका केटाकेटी हुर्काइरहेका छन् । तीन बच्चासँग दिन गुजार्दै आएकी उनी आफूलाई श्रीमान्ले कुनै पनि सहयोग नगरेको बताउँछिन् । ‘बच्चाहरू खाना खान जान्दैनन्, आफैंले खुवाउनुपर्छ’, उनले भनिन् । आफूले नपढे पनि छोराछोरीलाई पढाउने उनको इच्छा छ । श्रीमान् पनि विदेशमा भएकाले उनका बालबच्चाको भविष्य अन्योलमा छ । हाल उनले ठूली छोरीलाई डेढ घन्टा टाढाको शिव प्राथमिक विद्यालयमा पठाउन सुरु गरेकी छन् ।

१४ वर्षको उमेरमा आमा बनेकी निमछिकी शेर्पा पाँच वर्षीया छोरी अनि तीन र डेढ वर्षका दुई छोराको साथमा हुर्किंदै छिन् । जनस्वास्थ्य कार्यालयले आमा सुरक्षा र परिवार नियोजन क्षेत्रमा दिँदै आएको कार्यक्रमसमेत सहरकेन्द्रित हुँदा गाउँगाउँमा निमछिकीजस्ता बालिका आमाको संख्या बढ्दो छ । तमाम गैरसरकारी संस्थाहरूले महिला प्रजनन स्वास्थ्यमा गर्दै आएको कार्यक्रमको प्रभावकारिता पनि देखिँदैन । नाबालकैमा आमा हुँदा पाठेघर लगायतको समस्याले मातृमृत्युदर पनि बढ्दो छ । संखुवासभा, स्याबुन क्षेत्रका आमालाई स्तनपानको तरिका, पोषक तत्वबारे जानकारी र सरसफाइसम्बन्धी ज्ञानको अभाव छ । संखुवासभामा एक अस्पताल, दुई प्राथमिक स्वास्थ्य संस्था, २३ स्वास्थ्य संस्था, १३ उपस्वास्थ्य संस्था, चार सामुदायिक स्वास्थ्य संस्था र दुई नगर स्वास्थ्य संस्था छन् । तर, बजेट सुगम क्षेत्रकै स्वास्थ्य संस्थामा सीमित छ । annapurnapost

The post बच्चासँगै हुर्किंदै तीन सन्तानकी १९ वर्षीया आमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.