दाइजो र गरगहना बिना नै विवाह, विहेमा हुने खर्च बाढी पीडितलाई सहयोग

विवाह भए पनि विवाहको माहोल थिएन, न बाजागाजा थियो, न भोजभतेर नै । विवाहको लागि एक प्रकारको सोच सबैमा हुन्छ, बाजा बजाउने, आफन्तजनलाई खुवाउने र आफन्तले नव विवाहित जोडीलाई उपहार दिने, तर यो विवाह अलि फरक थियो । मानिसको जमात त भेला भएका थिए तर भोज भतेर खानलाई होइन आर्शिवाद दिन ।

दाइजो र गरगहना बिनानै अर्घाखाँची केरुंगाकि शान्ता पौडेल र अर्घाखाँची वांगलाका विजय भट्टराईको विवाह भएको छ । मागी विवाह गरेका यी नव दम्पतीले सल्लाह गरी विवाहमा हुने अनावश्यक खर्च कटाएर बाढी पीडितलाई सहयोग गरेका हुन् ।

यी दम्पतीले ५० हजार रुपैयाँको चेक क्वीज भोलिन्टेयर संस्था काठमाडौंलाई हस्तान्तरण गरेका छन् । दलाहा विजय सन्धिखर्क नगरपालिका वांगलाका अहिले जिल्ला भूसंरक्षण कार्यलय पाल्पामा नायव सुब्बा हुनुहुन्छ । दुलही शान्ता काठमाडौं क्याम्पसमा एलएलबी तेस्रो वर्षमा अध्यनरत हुनुहुन्छ ।

शान्ता आफै अहिले क्वीज भोलेन्टियर सस्थामा आवद्ध हुनुहुन्छ । परिवर्तन आफै सुरु गर्नुपर्छ भन्दै दाइजो र गरगहना बिना नै विवाह गर्ने निर्णय यी दाम्पतीले गरे । यो दाम्पतीको मुख्य उद्देश्य नै दाइजो प्रथाको विरोध गर्नु हो । आफ्नो यो कदम सामाजमा एउटा उदहारण हुने र अरुलाई प्रेरणा दिने जोडिको अपेक्षा छ ।

दुलही शान्ताले दुई वर्ष अगाडिदेखि नै आफ्नो विवाहमा दाइजो र गरगहना नलिने सोच्नुभएको थियो । घरमा बुबा आमा पनि छोरीको कुरामा सहमत हुनुभएको थियो तर उहाँ सपनालाई दुलाहा विजयले साकार बनाइदिनुयो, विवाहमा दाइजो नलिने आग्रह मानेर ।

The post दाइजो र गरगहना बिना नै विवाह, विहेमा हुने खर्च बाढी पीडितलाई सहयोग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.