बलिउडका यी चर्चित सुपर स्टार जोसँग कुनै समय गाडी चढ्न समेत पैसा थिएन

एजेन्सी, सन् १९५६ डिसेम्बर २४ का दिन जन्मेका अनिल कपुर आज ६१ बर्षका पुगेका छन् । बलिउडको ‘लखन’ उपनाम पाएका अनिलले थुप्रै हिट फिल्म दिएका छन् । उनलाई यो स्थानसम्म आउन र टिकिरहन उनकी जीवन संगिनी सुनिता कपुरको ठुलो योगदान रहेको अनिल स्वयम बताउने गरेका छन् ।

स्ट्रगलिंगका दिनहरुमा अनिलको साथमा टेक्सीको भाडा तिर्नको लागि समेत पैसा हुदैनथ्यो, सो बेला सुनिताले नै उनको भाडा तिर्ने गर्थिन । त्यस्तैगरि धेरै कमलाई जानकारी छ होला, कि अनिल स्वंयम नै सुनिताको आवाजको ठुलो फ्यान थिए । आज अनिल कपुरको ६१ औं जन्म उत्सबको अवसरमा हामी तपाईलाई अनिल र उनकी जीवन संगिनी सुनिता कपुरको रमाइलो केहि घटनाहरु प्रस्तुत गर्दै छौं।

सुनिताको अनिल स्वयम् नै ठुलो फ्यान थिए । जब दुबैजनाको पहिलो पटक भेट भएको थियो, सो बेला अनिल एक स्ट्रगलिंग कलाकार थिए भने सुनिता चलेकी मोडल थिइन् । अनिल, पहिलो भेटमै सुनितालाई आफ्नो मन दिसकेका थिए । उनलाई सुनिताको नजिक आउन मनथियो तर कुनै माध्यम नभएको हुनाले उनको प्रेम कथा अघि बढिरहेको थिएन ।

उनले सुनिताको ठेगाना पाउन हुन सक्ने सबै उपाय अपनाए । साथीहरुसँग नि सहयोग मागे, र साथीकै सहयोगमा उनले सुनिताको फोन नम्बर फेलापारे अनि अनिल र सुनिताको वार्तालाप फोनको माध्यमबाटै बढ्न थाल्यो । सोहि बेलादेखि अनिल सुनिताको आवाजको ठुलो फ्यान थिए । उ बेला अनिल प्राय फुर्सदमा हुन्थे तर सुनिता निकै व्यस्त हुनाले, अनिल सुनिताको फोनको प्रतिक्ष्यामा दिनौ सम्म कुरिरहन्थे । अनिलको पुरा खर्च सुनिताले उठाउंथिन्।

अनिलले एक इन्टरभ्युमा भनेका छन्, ‘सुनितासँग फोनमा कुराहुने समयमा एकदिन भेटघाट गर्ने कुरा चल्यो । उनि तयार भए, अनि सुनिताले सोधिन कति समयमा आउँछौ । अनिलले भने दुई घण्टा जति लाग्छ । अनि सुनिताले यति धेरै समय किन ?, सो बेलाको आफ्नो स्थितीको बारेमा नलुकाईकन अनिलले आफुसँग ट्याक्सी चढ्ने पैसा नहुने र बसमा आउने हुनाले धेरैसमय लाग्ने बताए अनि सुनिताले ट्याक्सीको भाडा आफुले तिरिदिएर बोलाइन ।

यो डेट पछी उनिहरु सहरको धेरै ठाउँ बस र ट्याक्सीमा घुमे । उ समयको नामी मोडल भएर पनि सुनिता अनिलसँग बसमा यात्रा गर्न झिजो मान्थिनन् जुनकुराले अनिल निकै प्रभावित भएका थिए । पछी अनिलले सुनितालाई प्रपोज गरे, उक्त प्रेमजोडी सन् १९८४ मे १९ मा बिवाह बन्धनमा बाधियो । बिवाहगर्ने पैसा नहुदाँ दुई पटक बिवाह सरेको थियो अनिल र सुनिताको।

सुनितासँगको माँयालाई बिवाहमा परिणत गर्ने सोंच बनाएका अनिल दुई पटक सम्म आफ्नो बिवाहलाई पोस्टपोंन्ड गर्न बाध्य भए,.. कारण थियो पैसाको कमि । धेरै समयको स्ट्रगल पछी उनले सुभाष घईको फिल्म ‘मेरी जंग’मा ब्रेक पाए, जसबाट पाएको साइनिंग अमाउंटको उपयोग गरेरै दोस्रो दिन नै उनीहरुले बिवाह गरेका थिए । अनिल र सुनिताको जोडीबाट सोनाम, रिया, र हर्षवर्धन कपुर गरि तीनजना छोराछोरी रहेका छन् । सुनिताले अनिलको लागि मोडालिंग छोडेकि थिइन्।

अनिल र सुनिताको बिवाहपछी अनिलले एकपछी अर्को राम्रो प्रोजेक्ट पाउन थाले । अनिल निकै ब्यस्त हुन थालेपछि सुनिताले आफ्नो करियरलाई विश्राम दिइन र अनिलको ड्रेस डिजाइन देखि विदेशमा अनिलको साथमा विभिन्न फिल्म सुटिंगमा सहयोगीको रुपमा जाने गर्न थालिन । बिचमा अनिल कपुर र माधुरी दीक्षितको अफ्यरको हल्ला पनि चल्यो तर सुनिताले यस्ता हल्लालाई कुनै वास्ता गरिनन् जसले गर्दा उनीहरुको बैवाहिक जीवन अहिलेसम्म पनि सुमधुर चलिरहेको छ ।

The post बलिउडका यी चर्चित सुपर स्टार जोसँग कुनै समय गाडी चढ्न समेत पैसा थिएन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.