कलाकार दिपाश्रीले खोलिन् आफ्नो भित्रि राज !

काठमाडौँ, निर्देशक तथा कलाकार दिपाश्री निरौलाले ध्यानका कारण आफ्नो खानपान र जीवनशैली नै बदलिएको बताउनुभएको छ ।

काठमाडौँको एक होटलमा गत शुक्रबार आयोजित ‘भेज डिनर विद सेलिब्रिटी’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । “पहिले म ध्यानमा बस्दा आफ्नो ध्यान केन्द्रित गर्नै सक्दिनथेँ । पछि केही साथीहरूले माछामासु खानेलाई ध्यान केन्द्रित गर्न गाह्रो हुने बताए । माछामासु छाडेपछि मेरो ध्यान लाग्न थाल्यो”, गत साता आयोजित उक्त कार्यक्रममा दिपाश्रीले भन्नुभयो, “शाकाहारी भएपछि त मनै चङ्गा हुने, सधैँ ताजा र जवान महसुस पो हुँदोरहेछ ।”

चर्चित चलचित्र ‘छक्कापञ्जा’की निर्देशक निरौला विगत २४ वर्षदेखि शाकाहारी हुनुहुन्छ भने उहाँ जति नै व्यस्त रहँदा पनि प्रतिदिन निश्चित समय ध्यान गर्ने गर्नुहुन्छ । कार्यक्रम नेपाल शाकाहारी संघले आयोजना गरेको हो । संघ ध्यान र शाकाहार प्रवद्र्धन गर्ने संस्था हो ।

“हामीले यस्ता कार्यक्रम बेला–बेला गर्ने गरेका छौँ । स्वस्थ जीवन जिउन प्रेरित गर्ने यस्ता कार्यक्रम मात्रै होइन, हाइकिङ र सरसफाइका कार्यक्रम पनि गर्छौं”, शाकाहारी संघका उपाध्यक्ष कृष्ण गुरुङले बताउनुभयो ।

The post कलाकार दिपाश्रीले खोलिन् आफ्नो भित्रि राज ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.