विवेकशीलका सांसदले राष्ट्रपति र राष्ट्रियसभा सदस्यलाई भोट हाल्ने

काठमाडौं, २७ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले समानुपातिक मतगणना पनि आधा सम्पन्न गरिसकेको छ । अबको तीन दिनभित्रै समानुपातिक मतगणना पनि सम्पन्न भई सांसदको समानुपातिक बाँडफाँटको टुंगो लाग्ने छ ।

समानुपातिक मतगणनाको ट्रेन्ड हेर्दा कांग्रेस, एमाले, माओवादी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीले मात्र प्रतिनिधिसभातर्फ ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने अहिलेसम्मको स्थिति छ । प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेकाले विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ एउटा पनि सांसद बनाउन सक्ने अवस्था छैन ।

तर, विवेकशील साझा पार्टीबाट प्रदेशसभातर्फ सांसद बन्ने करिब करिब निश्चित भएको छ । विवेकशीलले अहिलेसम्म समानुपातिकमा एक लाख १७ हजार मत ल्याएको छ । उसले सात प्रदेशमध्ये ३ नम्बर प्रदेशमा धेरै मत पाएको छ । सो मतका आधारमा प्रदेश नम्बर ३ बाट विवेकशील साझा पार्टीले कम्तीमा दुईजना सांसद पाउने सम्भावना छ । याे प्रदेशमा विवेकशिलले ६६ हजार २६९ मत प्राप्त गरेकाे छ ।

प्रदेशसभाका सदस्य राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यका भोटर हुन् । जसले गर्दा विवेकशील साझा पार्टीका सांसदले पनि सो निर्वाचनमा मत हाल्ने सम्भावना धेरै छ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं १ बाट प्रकाशमान सिंहका निकटतम प्रतिस्पर्धी उम्मेदवार थिए । १६५ मध्ये अन्य कुनै पनि निर्वाचन क्षेत्रमा विवेकशील साझा पार्टीले उल्लेख्य मत ल्याउन भने सकेन ।

The post विवेकशीलका सांसदले राष्ट्रपति र राष्ट्रियसभा सदस्यलाई भोट हाल्ने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.